वर्षादको रात : दिवाकरप्रसाद आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेठ २७।
कालो मैलो अध्यारो भइ दशदिशा मेघले ढाकिएको ।
पानीपर्दो छ झम् झम् खुब द्रुत गतिले यामले डाकिएको ।
वायु बग्दै छ जोड्ने वन तरु लहरालाई बेहालपारी ।
देखी शौदामिनी तस्कर र मुसकती कांप्दछन् वारी वारी ।
आमाका्साथबलकयुवकयुवतीका साथमा मस्त पर्दै ।
छन् बन्ध्यावृद्ध बाँकी बधू वर हीनजो स्वप्नमा शैर गर्दै ।
जलचर् थलचर् दिवाचर् शशकमसकऔ स्वेदजानिदमा छन् ।
भूल्काकर्बूर निशाचर मुसकद्विजनिशाका फगत खोजमा छन् ।
भेकऔ झ्याउँकीरी सब खुशी भइनभमा छन ती संगीतगर्दै ।
बर्षाका बग्नथाले भलपथ भूमीमा सर्प झैं सल्ल पर्दै ।
वायुको ताडनाले दुःखीती तरु लता अश्रु टप्काउदै छन्
तिर्खाएकी ती धर्ती पियीजलअविरल प्यास् बुझाइरहिछन् ।
पौआ पाटी तथापथ घर न त छ कतै शब्द निस्पष्टता छ ।
तारा तीदेखिदैनन् न त कहीँ जलमा चन्द्रमाको छटा छ ।
देखिन्नन् कोही काहीँ चउतरफ निशा छाउँदा शुन्यता छ ।
छिनमा दिनरात छिनमा उही दिन उहीरात कत्तिको भिन्नता छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक