मान्छे : के.पी.पौडेल (जस्ताघरे)
कपन अनलाइन
काठमाण्डौ ,जेठ २७।
कस्तो काण्ड चल्यो यहाँमुलुकमा, नौलो कहानीबन्यो ।
मान्छे ठालु उदात्तशासकबन्यो, हर्ता र कर्ता बन्यो ।।
मन्त्रीशासक बन्छु रम्छु म भनी, शार्दूल प्राणी बन्यो ।
नेपालीजनता लुट्यो दाुजले, कस्तो खुगन्धे बन्यो ।।१।।
हाम्रावीर भुटानको मुलकको, थाङ्ने बनायौ किन?
नेपालीजनता अरू मुलुकका, ढाक्रे बनायौ किन?
कस्तो नाटक उग्र चाल रचियो, साह्रै अधर्मी बन्यौ ।
अन्तर्राष्ट्रिय विश्वमञ्चथलमा, बेजोडले नाङ्गियौ ।।२।।
कालाकर्तुतले यहाँमुलुकमा, ढाक्यो डँढेलो सरि ।
सेवा गर्छु भनेर आज कसरी, बन्छौ कसाई सरि ।।
तिम्रा भ्रष्ट कुकर्मका कदमले, साह्रै अँध्यारो भयो ।
लुट्ने शिल्प र होडका कहरले, यो देशखोक्रो बन्यो ।।–३
उम्दाशीर्षक सानमानपदमा, पुग्ने कला सिक्दछन् ।
छोरा नातिपनातिकाजननका, सारा भुँडी भर्दछन् ।।
पुस्ता साततकै बनून् अमिरझैँ, भन्ने इरादा धरी ।
मान्छे शासकउच्चनायक बने, नानाउपद्रो गरी ।।४।।
हाम्राआलयकाप्रधानजनका, नेतृत्व खस्क्यो भने ।
डुब्ला त्यो घरबार चल्छ कसरी, मान्छे गनायो भने ।।
त्यस्तै हालतको कथामुलुकमा, बढ्दो छ दैनन्दिन ।
मान्छे हैकमबाट शासकबनी, धर्ती रुवाएकिन ।।५।।
गाईको दुधको मिठासपनले, बाच्छो पिछा गर्दछ ।
रोगीहोस् कमजोर होस् सकस होस्, आशाखुबै गर्दछ ।।
मोटा गौसरि छन् ल शासकयहाँ, भोकै मरे शासित ।
हाम्रा सन्ततितीयुवा र वनिता, हुन्छन् सधैँ आजित ।।६।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक