रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ वडा नं ६ समिती गठन ,को को छन पदाधिकारी तथा सदस्यहरु ?

रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ वडा नं ६ समिती गठन ,को को छन पदाधिकारी तथा सदस्यहरु ?

कपन अनलाइन

काठमाण्डौ , जेष्ठ २२।

रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ नगरपालिका  वडा नं ६ समिती गठन भएको छ। बुढानिलकण्ठ नगरपालिकाको पोकोलो ब्यान्केटमा भएको वडा नं ६ को विस्तारित बैठकले गोपी कृष्ण महर्जनको सभापतित्वमा वडा समिती चयन गरेको हो।

काठमाण्डौ क्षेत्र नं ४ र ५ का प्रभारी डा. प्रणय शमशेर राणाको प्रमुख आतिथ्यता र बुढानिलकण्ठ नगर समितीका संयोजक निमा लामाको अध्यक्षतामा भएको सो भेलाले समितीको उपसभापतिमा चन्द्र कुमारी मल्ल र सचिवमा सुदर्शन तामाङलाई चयन गरेको छ।

रास्ट्रीय स्वतन्त्र पार्टीका केन्द्रीय प्रचार विभाग सदस्य निरज गौली ,काठमाण्डौ जिल्ला समितीका संयोजक प्रदीप बिस्ट ,प्रदेस समिती सदस्यहरु सन्तोष काफ्ले ,दिपक थापा ,गीता पौडेल लगायतको उपस्थितिमा भएको भेलाले यशोदा कुमारी गौतम ,रामहरी बुढाथोकी ,गोवर्धन बुढाथोकी , सानुबाबु महर्जन ,परमेश्वर केसी ,अनिता परियार , बिन्दु बिडारी र रमाकान्त अर्याललाई सदस्यमा चयन गरेको छ।

उक्त भेलामा काठमाण्डौ क्षेत्र नं ४ का सदस्य ऋषिकेश श्रेष्ठ , टोखा नगर समिती संयोजक सूर्यराज काफ्ले ,वडा नं ६ सम्पर्क व्यक्ति चिरन्जीवी पाण्डे ,प्रदेस प्रतिनिधि विजय केसीको पनि उपस्थिति रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।