भिजन क्लब इन्टरनेसनल  द्वारा गोकर्ण माविका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान

भिजन क्लब इन्टरनेसनल  द्वारा गोकर्ण माविका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री  प्रदान

कपन अनलाइन

काठमाडौं जेठ २२ । सामाजिक तथा मानवीय सेवा गर्ने उदेश्यका साथ् खोलिएको  भिजन क्लब इन्टरनेसनल  अन्तर्गतको भिजन क्लब अफ काठमाडौँ ले शैक्षिक सामग्री प्रदान गरेको छ । क्लबले  गोकर्णेश्वर नगरपालिकाको गोकर्ण माध्यमिक बिध्यालयमा अध्यनरत बिद्यार्थीहरुको लागि ले शैक्षिक सामग्री प्रदान गरेको हो ।

आर्थिक रुपमा कमजोर विद्यार्थीहरुको शैक्षिक विकासमा सहयोग पुगोस् भनेर  उक्त बिध्यालयमा अध्यनरत करिब ३५० जना  विद्यार्थीहरुलाई शैक्षिक  सामग्री  प्रदान गरेको हो । क्लबमा आवद्द  स्वयं सेवीहरुको आर्थिक सहयोगमा  विद्यार्थीलाई पठनपाठनमा सहजता गराउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जानकारी गराएको  छ ।

बिद्यार्थीहरुलाई लायन्स क्लबका पूर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी  भिजन क्लब इन्टरनेसनल  अन्तर्गतको भिजन क्लब अफ काठमाडौँका अध्यक्ष राज कृष्ण श्रेष्ठ, क्लबका सदस्य जिवन श्रेष्ठ लगायत क्लबका सदस्यहरुले आइतबार शैक्षिक सामग्री प्रदान गरेका हुन  ।

तपाइँको प्रतिक्रिया ।