आयोजक बीएमसीए क्वाटरफाइनलमा

आयोजक बीएमसीए क्वाटरफाइनलमा

कपन अनलाइन

काठमाण्डौ , जेष्ठ २२।

बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको  छ ।
बीएमसीएले जुगललाई १९–१५ ले पराजित ग¥यो । बीएमसीएकी विना वाइबाले ७ अंक जोडिन् । सोही स्पर्धामा एचएचसीएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३६–३० ले हराउदै क्वाटरफाइनलमा पुग्यो । एचएचसीएकी शर्मिला बानियाँले १० स्कोर गरिन् ।
सिनियर ब्वाइजमा इबीएले सेवा सदनलाई २४–१७, हिमालयन किङडमले हिमालयन बोर्डिङलाई ३८–२२, युनिभर्सिटीले ह्वाइट माउन्टेनलाई ३०–२४ तथा जुगलले हेराल्डलाई १७–१५ ले पाखा लगाए । इबीएका सोहन भण्डारीले ९, हिमालयन किङडमका छेवाङ लामाले २१, युनिभर्सिटीका सक्षम ठकुरीले १२ र जुगलका रमन थापा मगरले ९ अंक जोडे ।
बीएमसीए र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको जुनियर ब्वाइजमा एन्जल्स हार्ट र गोल्डेनपिकले सफलता हात पारे । एन्जल्स हार्टले भ्याली पब्लिकलाई २८–२३ तथा गोल्डेनपिकले सेन्ट जोसेफलाई ३२–२५ ले पन्छाए ।

तपाइँको प्रतिक्रिया ।