क्रान्तिकारीले गर्यो आन्दोलनको घोषणा
सुविन चालिसे /कपन अनलाइन डट कम ,असार २०
अखिल क्रान्तिकारीले यसअघि गरिएको सम्झौता कार्यान्वयन नगरिएको भन्दै नयाँ आन्दोलनको घोषणा गरेको छ । चैत्र ६ गते शिक्षा मन्त्रालय र संयुक्त विद्यार्थीसँग शुल्क सम्बन्धी १० बुँदे सहमति गरिएको तर त्यो सहमति कार्यान्वयन नगरेकोले मोहन बैद्य किरण नेतृत्वको नेकपा–माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीले आन्दोलन गर्ने आज राजधानीको अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गरी उक्त घोषणा गरेको हो ।
यस विषयमाथि प्रस्टपार्दै क्रान्तिकारीका नेता रत्न ढकालले भने सहमति अनुसार शुल्क फिर्ता नगर्ने विद्यालयलाई कालोसूचीमा राखेर अघोषित कारवाही गरिने छ । त्यस्तै उनले छात्रवृत्ति पारदर्शी बनाउन दबाब दिने, शिक्षण संस्थाको नाम परिवर्तनको सहमति कार्यान्वयन गर्न संघर्ष गर्ने, उच्च माध्यमिक आचार संहिता लागु भए नभएकोबारे अनुगमन गर्ने लगायतका कार्यक्रमहरु रहेको जानकारी दिए ।