कागेश्वरी मनोहरा नगरपालिका र राखेपबिच ‘खेलकुद नगरी’ बनाउने सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर

कागेश्वरी मनोहरा नगरपालिका र राखेपबिच ‘खेलकुद नगरी’ बनाउने सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर

कपन अनलाइन

काठमाडौँ, बैशाख २९। कागेश्‍वरी मनोहरा नगरपालिका र राष्ट्रिय खेलकुद परिषद्‌ बीच सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा बिहिबार एक कार्यक्रमका बिच नगरपालिकाका प्रमुख  उपेन्द्र कार्की र राखेप सदस्य सचिव टंकलाल घिसिङले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा मेयर कार्कीसहित उप-मेयर शान्ता थापा, प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौलालगायत नगरपालिकाभित्रका वडाअध्यक्षहरु, नगरपालिकाको इन्जिनियरिङ शाखा, खेलकुद नगरी संभाब्यता अध्ययन तथा समन्वय समितिका पदाधिकारी र राखेपका विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यसअघि कागेश्‍वरी मनोहरा खेलकुद पूर्वाधार निर्माणका लागि सार्वजनिक जग्गा पहिचान गर्ने, पूर्वधार निर्माणका लागि सहयोग गर्न दातृ निकायसँग समन्वय र छलफल अघि बढाउने, नेपालमा रहेका दूतावाससँग समन्वय गरेर विदेशमा रहेका खेलकुद हब भएका सहरको अध्ययन भएको थियो।  १ नम्बर वडामा बक्सिङ रिङ, वडा नम्बर ४ मा भलिबल कोर्ट र वडा नम्बर ७ मा रग्बी स्टेडियम बनाउने सहमति भएको हो।

चुनावको क्रममा कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउने उनले घोषणा गरेका प्रमुख उपेन्द्र कार्कीले  सोही अनुसार अहिले विभिन्‍न कार्य गरिरहेका छन  ।  प्रमुख कार्कीले नगरपालिकाको खेलकुद नगरी बनाउने महाअभियानमा राष्टिय खेलकुद परिषदलाई जोड्न पाउदा आफुलाई गर्वको अनुभुति भएको बताएका छन  । राखेप सदस्य सचिवको खेलकुद प्रतिको लगाव र चिन्ताका कारण पनि आफनो अभियान सोचे भन्दा सफल हुने प्रमुख  कार्कीको दावी छ । राखेप सदस्य सचिव टंकलाल घिसिङले नगरपालिकाले देखेको सपना उत्कृष्ट भएकाले यसलाई सहयोग गर्न आफु तयार रहेको बताए ।

विभिन्न खेलका पूर्वाधार तयार पार्ने, राष्टिय र अन्तराष्टिय स्तरका प्रतियोगिता संचालन गर्ने र खेलाडी उत्पादन र तयार गर्ने अभियानमा राखेपले विशेष साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राखेपका सदस्य-सचिव घिसिङले यसअघि नै नगरपालिकाका विभिन्न स्थानमा रहेका जग्गाहरुको अवलोकन गरिसकेका छन्

 

 

तपाइँको प्रतिक्रिया ।