बुढानिलकण्ठ -११ जगडोलको फुलाहरी गुम्बामा वृहत आँखा शिविर सम्पन्न

बुढानिलकण्ठ -११ जगडोलको फुलाहरी गुम्बामा वृहत आँखा शिविर सम्पन्न

कपन अनलाइन

काठमाडौं बैशाख २८ ।  बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा रहेको फुलाहरी गुम्बामा वृहत आँखा शिविर सम्पन्न भएको छ ।  तिलगंगा आँखा प्रतिष्ठान र आनन्द संघ काठमाडौंको संयुक्त आयोजनामा बैशाख २५ गते देखि  २७  दिन सम्म  चलेको उक्त आँखा शिविरमा प्रशिद्ध आँखा डाक्टर सन्दुक रुइत द्वारा नै ३ दिन  सेवा प्रदान  गरेका थिए।

 बिहान ८ बजे देखि दिउसो २ बजे सम्म संचालन गरिएको    आँखा शिविरमा तिलगंगा आँखा अस्पतालका प्रमुख डा.रुइतद्वारा सेवा प्रदान गर्ने क्रममा मोतियाबिन्दु लगायतका आँखाका ठूला रोगहरुको करिब ३ हजारभन्दा धेरैले उपचार प्राप्त गरेका थिए ।

उक्त आँखा शिविरमा सिन्धुपाल्चोक, रसुवा, ललितपुर, धादिङ, काभ्रे, काठमाडौं भक्तपुर,नुवाकोट, जिल्ला बाट आएका  सेवाग्राही लाभान्वित भएको आयोजकले जानकारी गराएका छन ।  शिविरमा     उपचारमात्र नभैकन शिविरमा लेन्स पनि निःशुल्क वितरण गरिएको थियो । उपचारका क्रममा ४०० भन्दा धेरैले मोतियाबिन्दुको  रोगी  भेटिएको  आयोजक  छिकी गुरूङले जानकारी गराएका छन  । फुलाहरी  गुम्बाले रोगीहरुको आवतजावतका लागि निशुल्क यातायातको सुबिधा समेत  उपलब्ध गराएको थियो । फुलाहारी गुम्बाले हरेक वर्ष  सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यसँग सम्बन्धित शिविर संचालन गर्दै आएको छ ।

आँखा शिविरमा बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी, बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडाध्यक्ष राजु अधिकारी लगायतको उपस्थिति रहेको थियो । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडाध्यक्ष राजु अधिकारीले  गुम्बाको सामाजिक कार्यबाट वडावासी पनि लाभान्वित भएकोमा खुशी व्यक्त गर्दै गुम्बाको  यस्ताखाले सामाजिक गतिबिधिमा वडाको  आवश्यक रहने बताएका छन ।  उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउनु पर्नेमा जोड दिदै त्यस्ता गतिविधिमा वडाको साथ रहने बताएका छन ।

तपाइँको प्रतिक्रिया ।