गौरक्ष महायज्ञमा पूर्व मन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रकाश मान सिंह सहभागी

गौरक्ष महायज्ञमा पूर्व मन्त्री एवं  नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रकाश मान सिंह सहभागी

कपन अनलाइन

काठमाडौं बैशाख २८ ।  असहाय गाईबाच्छा संरक्षण हेतु आयोजना गरिएको गौरक्ष महायज्ञमा नेपाली कांग्रेसका पूर्व मन्त्री एवं केन्द्रीय सदस्य प्रकाश मान सिंह सहभागी भएका छन ।

असहाय गाईबाच्छा संरक्षण हेतु वैशाख २२ गतेदेखि २८ गतेसम्म कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा संचालन भएको  गौरक्ष महायज्ञ तथा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको आज अन्तिम दिन बिहान नेता संघ यज्ञस्थलमा पुगेका हुन ।पूर्व मन्त्री सिंहले असहाय गाईबाच्छा संरक्षण हेतु आयोजना गरिएको उक्त कार्यक्रमको सफलताको शुभकामना ब्यक्त  गरेका थिए ।

उनले असहाय गाईबाच्छा संरक्षणका लागि  श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना गरेकोमा खुसि ब्यक्त गर्दै  सरकारले गर्न पनि काम अभियन्ताहरु मार्फत  गरेकोमा  धन्यवाद समेत दिएका थिए । वर्तमान अवस्थामा असहाय गाईबाच्छाको व्यवस्थापनका सन्दर्भमा सर्वत्र समस्याका रुपमा देखिएको  बताउदै असहाय गाईबाच्छा संरक्षणका लागि सदनमा आवाज उठाउने रआवश्यक नीति, ऐन कानुन निर्माणमा समेत आफ्नो सक्रियता रहने   बताएको  अभियन्ता इश्वर पुडासैनीले कपन अनलाइनलाइ जानकारी गराए ।

यज्ञस्थलमा नेता सिंह संगै कागेश्वरी मनोहरा नगरपालिका उप प्रमुख शान्ता थापा,  गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी लगायत स्थानीयको समेत उपस्थिति रहेको थियो  ज्ञानमहायज्ञ वाचक प्रवीण पण्डित दीनबन्धु पोखरेलको वाचनमा  वैशाख २२ गतेदेखि २८ गतेसम्म कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा संचालन भएको  गौरक्ष महायज्ञ तथा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको उपराष्ट्रपति रामसाहय यादवले उद्घाटन गरेका थिए ।  आज नै  अपरान्ह ४ बजे प्रसाद ग्रहण सहित  उक्त गौरक्ष महायज्ञको समापन हुने हुँदा उक्त कार्यक्रममा समेत सहभागी हुन  आयोजकले सबैलाई अनुरोध गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।