धोबिखोला करिडोर देखी मिलनचोक तरकारी बजार सम्म बक्स कल्भर्ट निर्माण कार्य सुरु
कपन अनलाइन
काठमाडौं बैशाख २८ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० धोबिखोला करिडोर देखी मिलनचोक तरकारी बजार जाने चखुन्चा चोक सम्मको ५०० मिटर बक्स कल्भर्ट निर्माण कार्य सुरु भएको छ ।
कपन ढुबान समस्या समाधानका लागी सुरु भएको साततले-आनिगुम्बा परियोजना अन्तरगत तेस्रो चरणको कल्भर्ट निर्माण कार्य सुरु भएको हो।
काठमाडौं उपत्यका विकास प्राधिकरणको विनियोजित रकम २७ करोड १ लाख १ हजार १ सय ३६ रुपैयाँमा हुन लागेको यस ५०० मिटर कल्भर्ट निर्माणको लागी ड्रागन-आर.ए-रनेसन्स जेभी ललितपुरले २०७९ चैत्र २ गते ठेक्का सम्झौता गरेर काम अगाडी बढाएको हो ।
सम्झौता अनुसार २०८१ माघ ११ गते सम्ममा निर्माण सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया ।