दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन
कपन अनलाइन
काठमाडौं बैशाख २८ । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ। उनको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा बुधबार राति ८ बजे निधन भएको मुकेश फाउन्डेसनले जनाएको छ ।
जनआन्दोलनमा घाइते भएर १७ वर्षदेखि ‘जिउँदो सहिद’ का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो। २०६२ साल चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका थिए
त्यतिबेला उनी १४ वर्षका मात्र थिए। मुकेशलाई सोमवार सास फेर्न गाह्रो भएपछि उपचारका लागि अस्पताल लगिएको र उपचारकै क्रममा निधन भएको मुकेश फाउन्डेसनले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।