शिव मन्दिर -त्रिबेणी चोक-शहिदपार्क उपभोक्ता समितीको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

शिव मन्दिर -त्रिबेणी चोक-शहिदपार्क उपभोक्ता समितीको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२ ।

शिव मन्दिर -त्रिबेणी चोक-शहिदपार्क उपभोक्ता समितीको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

काठमाण्डौ महानगरपालिका ,बुढानिलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिकाको संगम स्थलका रुपमा रहेको त्रिबेणी चोकमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानका साथै विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो।

सगरमाथा त्रिबेणी चोक सामुदायिक संस्था त्रिबेणी चोक र शिव मन्दिर -त्रिबेणी चोक-शहिदपार्क उपभोक्ता समितीको संयुक्त आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापा रहेका थिए।

शिव मन्दिर -त्रिबेणी चोक-शहिदपार्क उपभोक्ता समितीका अध्यक्ष ज्ञानेन्द्र बुढाथोकीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य शान्ति श्रेष्ठ ,पुर्व प्रतिनिधि सभा सदस्य कृष्ण राई ,बागमती प्रदेस सभा सदस्यहरु छिरिङ दोर्जे लामा र मिना पराजुली , जिसस काठमाण्डौ उपप्रमुख शान्ति पाण्डे , गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल लगायतको उपस्थिति रहेको थियो।

काठमाण्डौ निर्वाचन क्षेत्र नं ३ र ४ मा रहेका काठमाण्डौ महानगरपालिका , गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको साझा सडकका रुपमा रहेको  खरिबोट-त्रिबेणी चोक-जगडोल सडक निर्माणका लागि  खरिबोट -त्रिबेणी चोक उपभोक्ता समितिले पहल गर्दै आएको छ।

करिव १ अर्ब लागत अनुमान गरिएको २१ सय मिटर भन्दा बढी लम्बाई रहेको ३२ फिटे सो सडक चावहिल – चुच्चेपाटी – जोरपाटी -सुन्दरीजल सडकको बैकल्पिक सहयोगी मार्ग रहेको छ।

तपाइँको प्रतिक्रिया ।