गोकर्णेश्वर-६ नयाँबस्तिबाट नक्कली नोट सहित एक महिला पक्राउ

गोकर्णेश्वर-६ नयाँबस्तिबाट नक्कली नोट सहित एक महिला पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२ ।

गोकर्णेश्वर नगरपालिका वडा नं  ६ नयाँबस्तिबाट नक्कली नोट सहित एक महिला पक्राउ परेकी छन।

बैशाख २१ गते करिव ३ बजेको समयमा नक्कली नोटको कारोवार गरिरहेको भन्ने सुचनाका आधारमा परिचालित भएको प्रहरी टोलीले जाजरकोट भुर गा.बि.स. घर भइ हाल  टोखा -७ बस्ने बर्ष ३१ कि सम्झना गहतराजलाई पक्राउ गरेको हो।

गहतराजले नयाँ बस्तीस्थित किराना पसलमा रिचार्ज कार्ड किन्ने क्रममा निजको साथ बाट रु. १००० (एक हजार ) को १ थान नक्कली नोट फेला पारी सोधपुछ गरी थप अनुसन्धान गर्दै जाँदा बागबजारस्थित युनिक होटलमा कोठा लिई बस्ने सादाय हलुवाइलाईसमेत नियन्त्रणमा लिएको छ।

बरामद सामाग्रीहरु :
१.तयारी १००० को नोट – ४९ थान
२. प्रीन्ट गरेको काट्न बाकी १००० को नोट थान – १२६
३. तयारी ५०० को नोट थान – २
४. प्रीन्ट गरेको काट्न बाकी ५०० को नोट थान – ६०
५. EPSON कम्पनीको प्रीन्ट मेसिन थान -१
६. प्रयोग गरि सकेको रु १०० को रिचार्ज कार्ड थान – १
७. प्रयोग गरि सकेको रु ५० को रिचार्ज कार्ड थान – ३
८. कृषि विकास बैंक को चेक बुक थान – १
९. नेपाली नागरिकता थान – १
१०. फलामको १२ इन्चको रुलर थान – १
११. INK (मसि) थान – ५
१२. रंगिन पेपर थान – ५०
१३. फोटोकपी पेपर को रिम
१४. मोबाइल थान- २

 

तपाइँको प्रतिक्रिया ।