आयो नव बर्ष : गंगा लिगल (कविता )

आयो नव बर्ष : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २।

रितु राज बसन्तको सौन्दर्यमय घुम्टो ओढेर
उधानका पुष्प पुष्पमा सुगन्धित सुवास चरेर
वन कुन्जमा कोइलीको सुरिलो धुन बनेर
आयो नव वर्ष पुर्वको स्वर्णिम लालिमा लिएर ।

हिम नदीको प्रवाहित गङाको बहाव बनेर
मानव हृदयमा हर्ष र उमङ्गको झन्कार बनेर
गाम्भीर्य, माधुर्यको सुशीतल मुस्कान छरेर
आयो नव वर्षको नविनतम बिगुल फुकेर ।

मानवको प्रत्येक पाइलामा बृहत् रुप दिएर
क्रान्तिको मुस्लोमा सम्यम रुपी ज्यावल बनेर
ज्ञान गम्य्ताले सुपरी मार्गको दर्शन गरेर
आयो नव बर्ष परिग्यानको विशालता लिएर ।

मन मस्तिष्कमा स्वच्छ बिज बिजारोपण गरेर
दीर्घ सुत्रता त्यागी बौद्धिक्ताले ओतप्रोत भएर
महकसौ जीवन शुभकामना साथ लिएर
आयो नवबर्ष बौद्धिकताको ज्योतिपुन्ज लिएर ।

तपाइँको प्रतिक्रिया ।