मिनिल्याण्ड अंग्रेजी मा.वि. कागेश्वरी मनोहरा-५ लाई “शिक्षा पुरस्कार २०७९”

मिनिल्याण्ड अंग्रेजी मा.वि.  कागेश्वरी मनोहरा-५ लाई “शिक्षा पुरस्कार २०७९”

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५, थलीमा रहेको  मिनिल्याण्ड अंग्रेजी माध्यमिक विद्यालयले “शिक्षा पुरस्कार २०७९” प्राप्त गरेको छ।

हायात प्लेस होटल, सोल्टिमोडमा आयोजित “गिता एभिएसन ग्यालेक्सी एक्सिलेन्स अवार्ड”  समारोहमा मिनिल्याण्ड अंग्रेजी मा. वि.लाई    Academic Excellence Award 2079 प्रदान गरिएको हो  ।

सो  कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ,वरिष्ठ अभिनेता भुवन केसी, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा तथा समाजसेवी डा.सुशिला मल्लले मिनिल्याण्ड अंग्रेजी मावीका संस्थापक अध्यक्ष जयराम वाग्ले तथा प्रिन्सिपल मणिराम वाग्लेलाई अवार्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।

काठमाडौँको पुर्वी क्षेत्रको शिक्षा क्षेत्रमा विगत ३० वर्षदेखि विशेष योगदान दिएको मिनिल्याण्डले SEE परीक्षाहरूमा GPA 4 सहित उत्कृष्ट नतिजा प्राप्त गरेकोले उक्त अवार्डद्वारा सम्मानित गरिएको हो।

कागेश्वरी मनोहरा नगरपालिकामा गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको रूपमा पहिचान बनाएको  मिनिल्याण्डले प्ले ग्रुप  देखि कक्षा १२  सम्मका कक्षाहरू संचालन गरिरहेको छ।

समाजमा रहेर विभिन्न क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्ने उद्देश्यले अवार्डको भिडमा  भिन्न किसिमको अवार्ड आयोजना गरिएको आयोजक समितिका अध्यक्ष सोनितराज ढुंगेल तथा कार्यक्रम निर्देशक राज लुइँटेलले बताएका छन  ।

गीता एभिएसनका प्रमुख क्या.जनक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा  कृष्ण प्रसाद यादव, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, वरिष्ठ संचार उद्यमी भाष्करराज राजकर्णिकार, निर्देशक तिर्थ थापा, वरिष्ठ अभिनेता किरण केसी, अमिष ढकाल, मोडल सोनाम श्रीवास्तव, नेपाल तथा भारतका पत्रकार तथा अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन दिनेश डिसीले गरेका थिए।

तपाइँको प्रतिक्रिया ।