गोकर्णेश्वरमा नेपाली सेना कल्याणकारी बोर्डको आयोजनामा कौशी खेति तालिम शुरु

गोकर्णेश्वरमा नेपाली सेना कल्याणकारी बोर्डको आयोजनामा कौशी खेति तालिम शुरु

कपन अनलाइन

काठमाडौँ, चैत्र १४।

नेपाली सेना कल्याणकारी बोर्डको आयोजनामा कौशी खेति तालिम शुरु भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय गोकर्णको संयोजनमा भएको तालिमको  प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले शुभारम्भ गरेका हुन उक्त कार्यक्रममा

उपप्रमुख सान्नानी लामा ,वडा अध्यक्ष जयराम महत, राष्ट्रिय सहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली सेनाका पूर्व अवकाश प्राप्त महासेनानी गंगाराम राई, राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयका सेनानी धिरज पण्डित, अधिकारी तथा पूर्व सुरक्षाकर्मी परिषदका केन्द्रीय अध्यक्ष कमल प्रसाद राउत, परिषदका गोकर्णेश्वर अध्यक्ष नारायण कार्की, गोकर्णेश्वर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दीपक थापा लगायत अन्य विभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । तालिम शहिदपार्क जगडोलमा ६ दिनसम्म चल्नेछ ।

 

तपाइँको प्रतिक्रिया ।