शंखरापुर नगरपालिका वडा नं ६ मा  कुलो निर्माण कार्य सम्पन्न

शंखरापुर  नगरपालिका वडा नं ६ मा  कुलो निर्माण कार्य सम्पन्न

कपन अनलाइन

काठमाडौँ, चैत्र १४। शंखरापुर वडा नं ६ मा प्लम कंक्रिट सहित ७० मिटर  कुलो निर्माण कार्य सम्पन्न भएको छ। शंखरापुर वडा नं ६

स्थित विद्युत प्राधिकरणदेखि मालपोत  कार्यलय साँखु सम्म प्लम कंक्रिट सहित ७० मि. कुलो निर्माण कार्य सम्पन्न भएको नगर प्रवक्ता एबम वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले कपन अनलाइन लाइ जानकारी गराए।

उपभोक्ता समिति मार्फत नगरपालिका बाट  करिब ५ लाख ९२ हजारको लागतमा  २०७९ पौष २९ गते बाट निर्माण शुरु गरिएको उक्त कुलो  सम्पन्न भएको जानकारी गराएका छन ।

तपाइँको प्रतिक्रिया ।