बेहुली झैँ सिंगारियो चामुण्डा देवीको मन्दिर

बेहुली झैँ सिंगारियो  चामुण्डा देवीको मन्दिर

कपन अनलाइन

काठमाडौँ, चैत्र १४। हरेक वर्ष चैत्र अष्टमिका दिन गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा रहेको चामुण्डा देबीको रथयात्राको तयारी अन्तरिम चरणमा पुगेको छ ।

सोहि रथयात्रालाई मध्यनजर गर्दै चामुन्डा देवी मन्दिर परिसर बेहुली झैँ सिंगारिएको छ  । गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष एबम नगर प्रवक्ता समेत रहेका नारायण सुवेदीको पहलमा रथयात्रालाइ मध्यनजर गर्दै उक्त क्षेत्रमा झिलिमिली बत्ति जडान गरिएको हो ।मन्दिरलाई सजाउने देखि लिएर विभिन्न कार्यक्रमको तयारी  भइरहेको  वडाले जानकारी गराएको छ ।

चैत्र अष्टमिका दिन पन्चवली सहित निकालिने रथ लाइ जोरपाटी ,आरुबारी ,नयाबस्ती हुंदै पुन चामुण्डा मन्दिरमै ल्याई  विसर्जन  गरिने परम्परा रहेको छ ।२०४१ साल देखि निरन्तर निकालिंदै आएको चामुण्डा रथयात्रा उल्लेख्य भक्तजनको सहभागिता रहने गरेको छ । मल्लकालदेखि चल्दै आएको रथ  यात्रा परम्परा , विक्रम सम्वत् २०४० देखि भने व्यवस्थित हुँदै आएर जात्रामै परिणत भएको छ ।

इतिहासमा सामान्य  बली र पूजामै सीमित भएको चामुण्डाको खट यात्रा २०४० यता श्री गणेश; चामुन्डा देवीको खट यात्रा गरिदै आएको र पछि  माँहाङ्काल भैरब समेत थप गरी तीन वटै रथ लाई बाजागाजा सहित  माँहाङ्काल भैरब आरुबारी,बेसिगाउ, जोरपाटी चोक,शिद्देश्वर बिन्दबासिनी,  बिन्दवाशीनि,अर्गौतश्वर,शर्बेश्वर,रुद्देश्वर, अर्याल गाउँ,बौद्ध पीपलबोट हुदै पुन जोरपाटी चोक बाट चामुन्डा भगबतीको  मन्दिर प्राङ्गणमा ल्याई बिसर्जन गरिने परम्परा रहेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।