ओखलढुंगाको रामपुरमा सहिद गुरु लुइँटेल स्मृति पार्क शिलान्यास

ओखलढुंगाको रामपुरमा सहिद गुरु लुइँटेल स्मृति पार्क शिलान्यास

कपन  अनलाइन

काठमाडौँ, चैत्र १३।

ओखलढुंगाको रामपुरमा सहिद गुरु लुइँटेल स्मृति पार्क निर्माण शिलान्यास गरिएको छ।

२०६० भदौ २२ गते चम्पादेवी गाउँपालिका वडा नं ६ घोराखोरीबाट नेकपा माओवादीले अपहरण गरेर दुई हप्ता भन्दा बढी चरम यातना दिएर हत्या गरिएका सहिद लुइँटेलको शव भेटिएको स्थानमा  सहिद गुरु लुइँटेल स्मृति पार्क निर्माण गर्न लागिएको हो।

गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रको अगुवाइमा निर्माण हुने पार्कको सोमबार मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राईले शिलान्यास गरेका छन  ।

सो अवसरमा  अध्यक्ष राईले सहिद गुरु लुइँटेलहरुले मुलुक परिवर्तनका लागि जीवन बलिदानी दिएको इतिहासलाई सम्झँदै अहिलेको पुस्ताले सहिदका सपना साकार हुनेगरि काम गर्नुपर्ने बताएका छन  ।

पार्क निर्माणका लागि नेपाल सरकारले प्रदेश पर्यटन मन्त्रालय अन्तरगत जिल्ला वन कार्यालय मार्फत प्राप्त हुने करिव २० लाखको बजेटमा निर्माण हुने सो पार्क शिलान्यास  कार्यक्रममा मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राई, वडा नम्वर २ का वडा अध्यक्ष टंकबहादुर कार्की, युवा नेता गोपाल नेपालसहित प्राध्यापक, शिक्षक, समाजसेवी लगायतको उपस्थिती थियो ।

 

तपाइँको प्रतिक्रिया ।