गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले तरकारीको मिनिकिट बिउ बितरण गर्ने

कपन अनलाइन

काठमाडौँ, चैत्र १३ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ले तरकारीको मिनिकिट बिउ बितरण गर्ने सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष नन्दलाल श्रेष्ठले जारि गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका कृषि विकास शाखा बाट बार्षिक रुपमा स्थनीय कृषि उत्पादकलाइ प्रवर्द्धन गर्दै आफैले उत्पादन गरेका स्वच्छ र पोषण युक्त सिजनका तरकारी उपभोग गर्ने पद्दतिको बिकासका लागि बिउ वितरण गर्दै आएकोमा यसपालिको सिजनको तरकारीको मिनीकिट बिउ वडा कार्यलय बाट वितरण गरिने भएकोले वडा भित्र बसोबास गर्ने कौशी खेती गर्ने वडा बासीहरुले  घरको कर तिरेको रसिद र नागरिकताको प्रतिलिपि लि स्वयम् उपस्थित भइ वडा कार्यलयमा सम्पर्क गर्न समेत सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।