आरुबारी-भगवती स्थान सडक ढलान निरीक्षणमा प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा

आरुबारी-भगवती स्थान सडक ढलान निरीक्षणमा प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा

कपन  अनलाइन

काठमाडौँ, चैत्र १३।  गोकर्णेश्वर नगरपालिका वडा नं ९ पानीखोल्सा- भगवती स्थान सडक ढलान कार्यको  अनुगमन गरिएको छ।

बागमती प्रदेशको करिब चालिस लाखको बजेटमा निर्माणाधीन सडकको ढलान कार्यको    बागमती प्रदेश सांसद छिरिङ दोर्जे लामा,वडा नं ९ का वडा अध्यक्ष राजिव थापा,वडा सदस्यहरू लक्ष्मीदेबि गुरुङ,श्रीकृष्ण कारञ्जित,उमेश चालिसे लगायत स्थानीयको  उपस्थितिमा अनुगमन गरिएको हो।

अनुगमनको क्रममा बागमती प्रदेश सांसद छिरिङ दोर्जे लामा सहितका जनप्रतिनिधिहरुले   स्थानीय संग छलफल समेत गरेका थिए  । उनीहरुले ढलान कार्यको स्थलगत निरीक्षण गर्दै गुणस्तरीय ढंगले निर्माण कार्य सम्पन्न गर्न निर्देशन समेत  दिएका थिए ।

अनुगमन कार्यक्रममा वडा अध्यक्ष राजीब थापाले एक महिना भित्र सप्पन्न हुने उक्त  सडकको स्तरोन्नति  सोचे जस्तो र भरपर्दो गुणस्तरीय बनेको जनाए ।विभिन्न संरचनाहरु आफ्नै निगरानीमा बन्दै गएको जनाउदै उक्त  संरचनाको निर्माण पनि गुणस्तरीय र समयमै सम्पन्न  गरि स्थानियलाई सहज गराईने बताएका छन ।

उनले विकास निर्माण कार्यमा वडाबासीको चासो रहनुपर्ने र सो गर्दा निर्माण कार्यमा अनियमितता हुन नसक्ने बताएका छन  । उनले विकास निर्माण कार्यमा बजेट मात्र सिध्याउने तरीकाले काम नगर्न ठेकेदार तथा उपभोक्ता समितिहरूलाई सचेत गराउदै आएको जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।