सुन्दरीजल- मुलखर्क सडकको स्तरोन्नति गर्न सांसद शान्ती श्रेष्ठको माग

सुन्दरीजल- मुलखर्क सडकको स्तरोन्नति गर्न सांसद शान्ती श्रेष्ठको माग

कपन  अनलाइन

काठमाडौँ, चैत्र १३। काठमाण्डौ क्षेत्र नं  ३ का  प्रतिनिधि सभा सदस्य  शान्ती श्रेष्ठले सुन्दरीजल- मुलखर्क सडकको  स्तरोन्नति गर्नु पर्ने माग गरेकी छिन ।

आइतबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ–३  अन्तर्गत शिवपुरी राष्ट्रिय निकुन्जका सुन्दरीजलदेखि  चिलाउने ,ओख्रेनी , मूलखर्क  चिसापानी जाने बाटो जिर्ण अवस्थामा रहेको हुँदा त्यहाका स्थानीयले आवतजावतमा समस्या भोगेको   र बिरामी हुँदा एम्बुलेन्स समेत लैजान कठिनाइ भएको हुँदा यथासिघ्र उक्त बाटो स्तरउन्नती गरि कालो पत्रे  गर्न माग गरेकी थिइन। राष्ट्रिय निकुन्जका कारण उक्त क्षेत्रका जनताले बिभिन्न कठिनाइ भोग्दै आएका छन ।

तपाइँको प्रतिक्रिया ।