नेसनल युनाइटेड स्कुलद्वारा पुरस्कृत हुँदा साना विद्यार्थीहरु प्रफुल्लित……

नेसनल युनाइटेड स्कुलद्वारा पुरस्कृत हुँदा साना विद्यार्थीहरु प्रफुल्लित……

कपन अनलाइन

काठमाडौँ, चैत्र १३ ।

बुढानिलकण्ठ  नगरपालिका वडा नं ८ गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलले शैक्षिक सत्र २०७९ मा भएका विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरुमा विजेता हुन सफल कक्षा १ र २का विद्यार्थीहरुलाई आफ्नो नवनिर्मित अत्याधुनिक हलमा एक कार्यक्रम आयोजना गरि पुरस्कृत गरेको छ ।

शैक्षिक सत्र २०७९ मासंचालनभएकाचित्रकला, हस्तलेखन, गायन, नृत्य, हाजिरीजवाफ, वक्तृत्वकला, स्पेलिंग कन्टेस्ट, मेमोरी गेम, क्याटरपिलर रेस, फ्रग जम्प, रिडिंग स्किल, म्याथम्याटिक्स ओलम्पियाड, ग्लास पिरामिड रेसलगाएतकाविभिन्न विधामा विजेता बन्न विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबीहमाल, प्रधानाध्यापक शायरा हमाल, गणेश बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख एवम्  २०६६ सालदेखि नेसनल युनाइटेड स्कुलमागेष्ट लेक्चररको रुपमा कार्यरत रमेश राज दाहाल तथा सम्बन्धित विद्यार्थीका अभिभावकहरुले पुरस्कृत गरेका थिए।
एक वा एकभन्दा बढी विधामा पुरस्कृत हुने विद्यार्थीहरु मध्ये कक्षा१का छात्र विप्लब आचार्य आफुले सहभागिता जनाएको २ओटै विधामा प्रथम स्थान सहित पुरस्कृत हुँदा कक्षा २ का छात्राहरु आशिका श्रेष्ठ ३ तथा सुवास्ना रोक्का ४ वटा विधामा पुरस्कृत भएकी थिइन्।

पुरस्कार वितरण कार्यक्रममा संस्थापक जेबी  हमालले विद्यालयको स्थापना कालदेखि हालसम्म भएका क्रियाकलाप र उपलब्धिहरु साथै आगामी दिनको कार्ययोजना समेत प्रस्तुत गरेका थिए।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दाहालले विजेता हुन सफल विद्यार्थीहरुलाई बधाई दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन सहितअभिभावकहरुको सक्रिय सहभागिताबाट मात्रै  शैक्षिक उपलब्धि हासिल गर्न सकिने कुरा बताएका छन।

तपाइँको प्रतिक्रिया ।