शंखरापुर -१ नाङ्लेभारेमा मोटर साईकलले पैदयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

शंखरापुर -१ नाङ्लेभारेमा मोटर साईकलले पैदयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १३ ।

शंखरापुर नगरपालिका वडा नं १ नाङ्लेभारेमा मोटर साईकलले पैदयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बा ४५ प ५४४१ नं. को मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ४२ वर्षीय राम बहादुर तामाङको मृत्यु भएको हो ।साँझ करिब ७ बजे तिर पैदल हिँडिरहेका राम बहादुर तामाङलाई ठक्कर दिएको र घाइतेलाई उपचारको लागि टिचिङ्ग अस्पतालमा  मृत्यु भएको हो ।

मोटर साईकल चालक शंखरापुर ३ का गजेन्द्र वाइबालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको छ।

तपाइँको प्रतिक्रिया ।