विट्स एकेडेमी प्लस टु कलेजको स्वागत, बिदाइ तथा सम्मान कार्यक्रम  भब्य रुपमा सम्पन्न

विट्स एकेडेमी प्लस टु कलेजको स्वागत, बिदाइ तथा सम्मान कार्यक्रम  भब्य रुपमा सम्पन्न

कपन अनलाइन

काठमाडौँ, चैत्र १३ ।

काठमाडौं महानगरपालिका वडा नं ६ भुवलडांडामा संचालित विट्स एकेडेमी प्लस टु कलेजको स्वागत, बिदाइ तथा सम्मान कार्यक्रम  भब्य रुपमा सम्पन्न भएको छ।

बिहिबार सांस्कृतिक संस्थान नाचघर जमलमा बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामा,  प्याब्सन केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठ,काठमाडौं प्याब्सन कासचिव सुदर्शन थापा बौद्धनाथ क्षेत्र बिकास समितिका सदस्य सैलेश श्रेष्ठ,  विट्स एकेडेमीका प्रिन्सिपल ज्ञान बहादुर श्रेष्ठ लगायत शिक्षक बिद्यार्थी र अभिभावकहरु र शुभचिन्तकहरूको उपस्थिति रहेको थियो  ।

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य  सन्तोष चालिसेले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए । बिद्यार्थीहरुले देशभक्ती झल्काउने गित तथा नृत्य मार्फत स्वागत गरेको कार्यक्रममा कलेजका फाउण्डर डायरेक्टर श्याम श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए  ।

विद्यालयका कक्षा १२ का छात्रछात्राहरुले कक्षा ११ मा आएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा १२ कक्षा पास गरेर उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा विट्स एकेडेमीका प्रिन्सिपल ज्ञान बहादुर श्रेष्ठले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै कलेजको बिशेषताको बारेमा जानकारी गराएका थिए ।

 उनले अब्बल जन शक्ति उत्पादन गर्न विट्स एकेडेमी प्रतिबद्द रहेको जानकारी गराएका थिए। कलेज आजको स्थान सम्म आइपुग्नुमा कलेज व्यवस्थापक संगै शैक्षिक क्षेत्रमा लागेका सबै बिध्यालय शिक्षक बिद्यार्थीहरुको समेत उलेख्य भूमिका रहेको जानकारी गराउदै नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ का बिद्यार्थीहरुलाई बधाई दिदै उज्वल भबिष्यको कामना गरेका थिए  ।

विट्स एकेडेमीले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई अहिलेको प्रतिस्पर्धात्मक युगमा विश्वका जुनसुकै ठाउँमा पनि आफुलाई स्थापित गराउन सक्ने गरि दक्ष बनाउन प्रयास गरिरहेको जानकारी दिदै  असल संस्कार सहितको शिपमुलक व्यावहारिक शिक्षालाइ आत्मसाथ गरि सोहि अनुरुप अघि बढिरहेको जानकारी गराएका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामाले विद्यालयको शिक्षा सकेर उच्च शिक्षा हासिल गर्न अन्यत्र जाने विद्यार्थीहरु बीचमै पढाइ छाडेर विदेशिने गरेको बताउँदै पढाइ निरन्तर राख्न आग्रह गरे ।उनले ठुलो मान्छे होइन असल र सभ्य नागरिक बन्नु पर्नेमा जोड दिदै बिध्यालयको प्रगतिको कामना गरेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले रोजगारी र उच्च शिक्षाको नाममा  विदेश जानेहरूको लर्को  त्रिभुवन विमानस्थलमा देखिएको बताउदै सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा नै रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । युवाको क्षमतालाई सकेसम्म देशभित्र सही उपयोग गर्ने र युवा पलायन रोक्ने उपायको खोजी  गर्नुपर्नेमा जोड दिएका थिए ।

अवसर र स्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण बढ्दो रहेको बताउदै  यसबाट गुणस्तरीय उच्च शिक्षा हासिल भए पनि देशको ठूलो धनराशि बिदेसिने गरेकोमा चिन्ता ब्यक्त गरेका थिए  । उनले युवा शक्ति विदेश पलायन हुँदा  राष्ट्रिय अर्थतन्त्रमा समेत यसका ठूला दुष्परिणामहरू देखापरेको बताउदै  हरेक वर्ष ठूलो संख्यामा देशका श्रमशील र मेधावी युवा विदेश पलायन हुनु भनेको बाढीले जमिनको माथिल्लो उर्वर माटो बगाएर लैजानु जस्तै  भएको बताए ।

उनले युवा विद्यार्थीलाई विदेश जानबाट रोक्न देशको माग र आवश्यकताअनुसार शिक्षा नीति र कार्यक्रम बनाएर  अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए  । विदेशमा गरिने जति दुःख स्वदेशमा गरे आफ्नै ठाउँमा स्वाभिमान सहित शानको जीवन बाँच्न सकिने बताएका थिए  ।पछिल्लो समय नेपालमै उच्च शिक्षाको विश्व स्तरीय पढाई हुन थालेको भन्दै उनले सकेसम्म पढ्नका लागि विदेश नजान सुझाव दिदै  यदि जानैपर्ने अवस्था भए त्यहाँको शिक्षा र सिप लिएर नेपाल फर्कन अनि देशमै केही गर्न उनले सुझाएका थिए ।

 कार्यक्रममा बिध्यालयले समाजमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई बिशेष सम्मान समेत गरेको थियो । कार्यक्रम अवधिभर विट्स एकेडेमीका  विद्यार्थीको प्रतिभा प्रस्तुत गरिएको थियो। विभिन्न भेसभुसामा सजिएका बिद्यार्थीहरुको मौलिक प्रस्तुतिहरूले विभिन्न भेसभुसा र संस्कृतिको मञ्चमा प्रतिनिधित्व गरेका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै बिध्यालय व्यवस्थापन समितिको अध्यक्ष लक्ष्मी श्रेष्ठले अभिभावकहरूको साथ र सहयोगकै कारण बिध्यालय आजको स्थानमा  आइपुगेको उल्लेख गरेकी  उनले आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेकी  थिइन ।

तपाइँको प्रतिक्रिया ।