रास्ट्रीय युवा संघ नेपाल काठमाण्डौको अध्यक्षमा सन्तोष अर्याल ,को को बने पदाधिकारी ?

रास्ट्रीय युवा संघ नेपाल काठमाण्डौको अध्यक्षमा सन्तोष अर्याल ,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १२।

रास्ट्रीय युवा संघ नेपाल  काठमाण्डौको अध्यक्षमा सन्तोष अर्याल र उपाध्यक्षमा कर्ण तामाङ्ग चयन भएका छन।

बुढानिलकण्ठ नगरपालिका  वडा नं ७ मा रहेको ताज प्यालेसमा भएको काठमाण्डौ जिल्ला अधिवेसनबाट अर्यालको नेतृत्वमा ५३ सदस्यीय कमिटी चयन गरिएको हो।

उक्त जिल्ला अधिवेसनबाट कमिटीको सचिवमा सुरेन्द्र बिष्ट र  सहसचिवहरुमा  शोभा तामाङ र पुपेन सिंह  निर्वाचित भएका छन भने  कोषाध्यक्षमा  हरि श्रेष्ठ चयन भएका छन।

नेकपा एमालेका बरिस्ट उपाध्यक्ष ईश्वर पोखरेलले उदघाटन गरेको सो जिल्ला अधिवेसनमा रास्ट्रीय युवा संघका नेताहरुको पनि उपस्थिति रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।