प्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटन

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १२।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल कराते महासंघको महाधिवेसन र सातौं मास्टर्स मिटको भर्चुअल माध्यमबाट उद्घाटन गरे । चितवनको पटियानीमा भएको उक्त कार्यक्रमको प्रधानमन्त्री दाहालले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले खेलाडीको हकहित र खेलकुदको विकास÷विस्तारका लागि सरोकारवालसंग सम्वाद र अन्तरक्रिया गरिरहेको बताउदै अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण खेल मध्येको एक करातेको महाधिवेसन सफलताका लागि शुभकामना दिएका थिए ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा देखिएको प्राविधिक समस्यालाई हल गर्नेतर्फ अग्रसर रहेको बताउदै केहि दिनमै सुखद समाचार आउने बताइन् ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले महाधिवेसनले करातेमा रहेको विवदा सदाका लागि अन्त्य हुने विश्वास व्यक्त गरे । कराते महासंघका अध्यक्ष युवराज लामाले करातेमा देखिएको विकृति समाप्त पार्नुमा जोड दिए ।
कार्यक्रममा बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जन, मेयर दाहाल, सदस्य–सचिव घिसिङ, अध्यक्ष लामा, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ र सह–महासचिव पिताम्बर तिम्सिना, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले स्मारिको विमोचन गरेका थिए । नेपाल कराते महासंघको महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । मास्टर्स मिटमा १ हजार भन्दा बढीको सहभागिता रहेको महासंघले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।