न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारीमा काठमाडौँ महानगरपालिका

न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारीमा काठमाडौँ महानगरपालिका

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १२।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोल सबै पालिकाबाट न्यायिक समिति राष्ट्रिय सम्मेलनमा सहभागी हुने अपेक्षा गरेकी छन।

नेपालका  ७५३ वटै पालिकाका न्यायिक समितिका संयोजक तथा सदस्यमध्ये एक/एक जना सहभागी गराएर सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिदै उनले  २ दिन चल्ने सम्मेलनको दोस्रो दिन विवाद निरुपण काठमाडौँ घोषणा पत्र जारी गर्दै समापन हुने बताएकी छन।

उपप्रमुख डंगोलले बिहीबार  कार्यपालिका सदस्यहरुलाई सम्मेलनको तयारीका विषयमा जानकारी दिदै कुनै कारण निमन्त्रणा प्राप्त गर्न छुट्नु भएको छ भने यही सूचनालाई निमन्त्रणा मानेर सहभागी हुन् आग्रह गरेकी थिइन्।

सम्मेलनमा ४ मुख्य कार्यपत्र प्रस्तुति हुनेछन् । पहिलो कार्यपत्र न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समिति सम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलन विषयमा हुनेछ । यसलाई इन्दु तुलाधरले प्रस्तुत गर्नेछन भने   डा. सरिता खनालले , न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रक्रियाका विषयमा प्रस्तुति  दिनेछन   ।

तेस्रो विषय स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रिया र यसको प्रवर्धन  विषयमा हुनेछ । यसलाई रामकृष्ण काफ्लेले प्रस्तुत गर्नुहुनेछ । चौथो प्रस्तुति काठमाडौँ महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको हुनेछ । उहाँको विषय न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रक्रिया सम्बन्धी हुनेछ ।

तपाइँको प्रतिक्रिया ।