नेसनल युनाइटेड स्कुल बुढानिलकण्ठ नगरपालिका वडा नं ८ द्वारा विद्यार्थीहरु पुरस्कृत

नेसनल युनाइटेड स्कुल बुढानिलकण्ठ नगरपालिका वडा नं ८ द्वारा विद्यार्थीहरु पुरस्कृत

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १२।
बुढानिलकण्ठ नगरपालिका वडा नं ८   गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलले  विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरुमा विजेता हुन सफल कक्षा सात र नौ का विद्यार्थीहरुलाई  पुरस्कृत गरेको छ।
शैक्षिक सत्र २०७९ मासंचालनभएकाफुटसल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, क्यारमबोर्ड, चित्रकला, हस्तलेखन, गायन, नृत्य, हाजिरीजवाफ, वक्तृत्वकला, स्पेलिंग कन्टेस्ट, रोड रेस, रिले रेस लगाएतकाविभिन्न विधामा विजेता बन्न विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबीहमाल, प्रधानाध्यापक शायरा हमाल तथा सम्बन्धित विद्यार्थीका अभिभावकहरुले पुरस्कृत गरेका थिए ।
एक वा एकभन्दा बढी विधामा पुरस्कृत हुने विद्यार्थीहरु मध्येकक्षा ७ का छात्र मनिष राउत६ वटा विधा, कक्षा९ कि छात्रा जेनिशा खत्री ८ वटा विधा तथा कक्षा ९ कै छात्र प्रितम राई ९ वटा विधामा पुरस्कृत भए । आफ्नैअभिभावकको हातबाट पुरस्कृत हुन पाउँदा अत्यन्तै खुसी साथै उत्साहित रहेको कक्षा ७ मा अध्ययनरत छात्र इभांशु पोखरेल तथा कक्षा ९ मा अध्ययनरत छात्रा श्रीना खरेलले बताएकि छन  ।
पुरस्कार वितरण कार्यक्रममा संस्थापक हमालले विद्यालयको स्थापना कालदेखि हालसम्मभएका क्रियाकलाप र उपलब्धिहरु साथै आगामी दिनको कार्ययोजना समेत गरेका थिए  भने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दाहालले विजेता हुन सफल विद्यार्थीहरुलाई बधाई दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन सहित शैक्षिक उन्नयनमा अभिभावकहरुको सक्रिय सहभागिताको महत्वपूर्ण भूमिका रहने कुरा बताए ।

तपाइँको प्रतिक्रिया ।