नेसनल युनाइटेड स्कुल बुढानिलकण्ठ-८ द्वारा विद्यार्थीहरु पुरस्कृत

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ११ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८  गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलले यही मिति २०७९ चैत्र १० गते शुक्रबारशैक्षिक सत्र २०७९ मा भएका विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरुमाविजेता हुन सफल कक्षा ३ र ४का विद्यार्थीहरुलाई आफ्नो नवनिर्मित अत्याधुनिक हलमा एक कार्यक्रम आयोजना गरि पुरस्कृत गरेको छ।
िशैक्षिक सत्र २०७९ मासंचालनभएकाफुटसल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, क्यारमबोर्ड, चित्रकला, हस्तलेखन, गायन, नृत्य, हाजिरीजवाफ, वक्तृत्वकला, स्पेलिंग कन्टेस्ट, मेमोरी गेम, क्याटरपिलर रेस लगाएतकाविभिन्न विधामा विजेता बन्न विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबीहमाल, प्रधानाध्यापक शायरा हमाल तथा सम्बन्धित विद्यार्थीका अभिभावकहरुले पुरस्कृत गरेका थिए।
िएक वा एकभन्दा बढी विधामा पुरस्कृत हुने विद्यार्थीहरु मध्येकक्षा३किछात्रारायुशा कार्की आफुले सहभागिता जनाएको २ विधामा प्रथम स्थान सहित पुरस्कृत हुँदा कक्षा३ कै छात्ररचित बस्नेत तथा कक्षा ४ कि छात्रा मटिना महर्जन ३वटा विधामा पुरस्कृत भए आिफ्नैअभिभावकको हातबाट पुरस्कृत हुन पाउँदा अत्यन्तै खुसी साथैउत्प्रेरित रहेको कक्षा४ मा अध्ययनरत छात्राकृतिका पण्डित तथा कक्षा३ मा अध्ययनरत छात्र दिप्सन बुढा मगरले बताए।
िपुरस्कार वितरण कार्यक्रममासंस्थापक हमालले विद्यालयको स्थापना कालदेखि हालसम्मभएका क्रियाकलाप र उपलब्धिहरु साथै आगामी दिनको कार्ययोजना समेत प्रस्तुत गरेका थिए  भने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दाहालले विजेता हुन सफल विद्यार्थीहरुलाई बधाई दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन सहित शैक्षिक उन्नयनमा अभिभावकहरुको सक्रिय सहभागिताको महत्वपूर्ण भूमिका रहने कुरा बताएका छन ।

तपाइँको प्रतिक्रिया ।