नेशनल प्याब्सन बुढानिलकण्ठको शिक्षक तालिम सम्पन्न

नेशनल प्याब्सन बुढानिलकण्ठको शिक्षक तालिम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ११ ।

नेशनल प्याब्सन काठमाडौ जिल्ला समितिको आयोजना तथा नेशनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको संयोजनमा  तक्षशिला एकेडेमी, सामखुसीमा पुर्ब प्राथमिक तहको ईन्चार्जहरुको वर्कशप ६० बिध्यालयका १०३ जना ईन्चार्ज तथा सिनियर टिचरहरुको सहभागीतामा ईन्चार्ज वर्कशप कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ बाल बिकास विशेषज्ञ तथा सर्जक सानु अमात्य सहजकर्ताको रुपमा सहभागी हुनुभएको वर्कशपको उद्धाटन नेशनल प्याब्सनका केन्द्रिय सह अध्यक्ष सुबास न्यौपानेज्युले गर्नु भएको थियो ।

नेशनल प्याब्सन बुढानिलकण्ठ नगरपालिकाका अध्यक्ष नारायण तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रम संचालन नगर समितिका सचिब लेखजङ खत्रीले गरेका थिए ।

नेशनल प्याब्सनका सदस्य बिध्यालयको शैक्षिक गुणस्तर सुधार गरि एउटै मुल्यांकन पद्धति अपनाउने उद्देश्य सहित नेशनल प्याब्सन काठमाडौले ब्याबहारिक शिप सिकाई बिधिलाई अबलम्बन गरी पुर्ब प्राथमिक तहको सिकाईलाई अझ प्रभाकारी बनाउने उद्देश्य सहित वर्कशप आयोजाना गरेको कुरा नेशनल प्याब्सनका उपाध्यक्ष तथा बिभाग प्रमुख मनोज ( होम) बहादुर अधिकारीले बताए ।

कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष खडक बहादुर अधिकारीले नेशनल प्याब्सन काठमाडौले यस्ता कार्यक्रमलाई निरन्तरता दिईने र सिकेका ज्ञान र शिपालाई बालबालिकाहरुको जिबनमा सकारात्मक परिवर्तन हुने गरी कक्षाकोठामा कार्यान्वयन गर्न सुझाब दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।