लोकाचार : रासा (लघुकथा)

लोकाचार : रासा (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ११ ।

अचानक उसको मृत्युु
भयो । कारण के हो, थाहा
पाइएन ।सायदकालगतिले नै होला !
उसको शवलाई घाटमा लगियो । साथमा, एक हूल शोकमग्न मलामीहरू छन् ।
घाटमा पुर्याइएपछि तत्काल ब्रह्मनालमा सुताइयो । जे–जति गर्नुपर्नेहो, सम्पूर्ण गरिए ।
पछि शवलाई जलाउनका लागि चितामाथि राखियो ।
आफन्त–जनहरूको रुवाबासी चलि–रह्यो ।
तत्क्षण मुखाग्नि दिइयो ।शव जल्न थाल्यो ।
हठात् शव चल्मलाउन थाल्यो, र उठ्यो पनि ।अनि, चिच्यायो, ’साला…सबका सब ढोंगीहरू ….स्वार्थीहरू !
बाँचुञ्जेलमार्न खोजे । अहिले मरेपछि रोएर देखाउँछन् । गोहीहरू कहाँका ! थुइक्क !’
सबै डरले भाग्छन् ।
घाट सुनसान छ, यतिखेर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।