नदीको दौड : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ११ ।
मुहान छोड्दै, हर प्रातः दौड्यो
रोक्दै नरोकी, दिन रात दौड्यो
भेटेर साथीहरु साथ दौड्यो
त्यो लक्ष्यखोज्दै, भलिभाँत दौड्यो ।
दौड्यो कतै गड्रुगड गड्रुगडाई
दौड्यो कतै हड्रुबड हड्बडाई
छोड्दै कुद्रुयो फाँट कुनाकिनारा
खोज्दै सधैँ जीवनको सहारा ।
खोजेर आफैँ, पथ तीब्र दौड्रुयो
जानेर आफैँ, कति शीघ्र दौड्यो
दौड्रुयो कुद्रुयो नित्य अनन्तदेखि
सुस्ताउँदै बस्छु भनेन रोकी ।
छाँगा बन्यो पर्बतबाट खस्दा
भयो भँगालो पर फुत्त बस्दा
जम्दाभयो त्यै दह ताल जस्तो
दौड्रुयो सधैँ बन्नविशाल जस्तो ।
कुद्रुदा अनेकौँ खहरे पसेर
माटो र ढुङ्गा पहिरो खसेर
साथी बनेकासँग दौडिँदै छ
दौडेर त्यैँ पल्पल पौडिँदै छ ।
कुद्दै खुलेको, दिल सङ्लिएर
पा¥यो उज्यालो, बिजुली दिएर
बाँड्दै हिँड्यो, भर्न विशाल फाँट
लाखौँ उसैका, रचना सपाट ।
कुद्दै थियो शीत्तलत्यै छरेर
बन्दै थियो कञ्चनझन् झरेर
आस्थानमर्ने, छ भला उसैमा
हारेर जित्ने, छ कला उसैमा ।
भाग्नेहरू बग्छु भनेर भागे
नाग्नेहरू पूलबनाइ नाघे
जे होस्बुझी, सिर्जनको सुमर्म
कुद्ने नबस्ने, उसको छ धर्म ।
मान्छेहरूले पसिना छरे नि
अर्कै धराधाम खडा गरे नि
हुँदैन संसार नदी विनाको ।
के अर्थ भो ? तेलविना, पिनाको ।
मागेन केही, उसले धरामा
दियो उमारी, विरूवा गरामा
मरे सबैनै नमरी रह्यो त्यो ?
कुदोस्नदीझैँ, बरु जिन्दगी यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक