मन : केशव रेखा भट्ट सागर (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ११ ।
पानीका छानाहरू
जसरी सिरसिर हावा चल्छ
जस्ताको छानामाथी बर्सन्छ
अनिसिमसिमपानी पर्छ ।
याद छ ? जसरी हामीबालापनमा
बिगाई गथ्र्याै नि मन दुख्दा ,एक्लो हुँदा
आहा ! ऊ त्यो पुतलीको लय जस्तै
न मस्तिष्क केहीबोल्ने आट गर्छ
न शरीर केहि बोल्न सक्छ
त्यसरी नै लुट्पुटिन्छ मन ।
त्यहीन्यानोपन लिएर फर्कन्छु
वारि नगरौ भन्दाभन्दै
क्षितिजलाई हात हल्लाउछु
बाटो बिराउछ, पागल बन्छ
अनियन्त्रित बिचलित हुन्छ
कहिले उर्लने भेल बनेर
कहिले शान्त समुद्र भएर
रुवाउने हसाउने रहेछ मन ।
मनबिहिनतन कस्तो होला?
कयौं सम्झनाहरू
जो मलामको
काम गर्छन्
त्यसपछिका कयौं साँझहरू
हराएअनायसै मन
चिसो बनाइदिन्छ ।
आँखाहरू नसालु बनाइदिन्छ
सास बेगरको लास बनाइदिन्छ
उजागर हुँदैनन् जीवन
चिता वा चिहानमा पुगेर मन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।