नारीको त्याग : डा.राजेन्द्र परदेशी (लखनउँ, भारत)

नारीको त्याग : डा.राजेन्द्र परदेशी (लखनउँ, भारत)

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ४।

बुबाको चिठी आएको छ – महाजनले पैसा मागिरहेको छ । ऊ धेरैपटक आइसकेको छ । ऊ भन्दै छ ‘पैसा दिननसके त्यहीजमिन देऊ, बेकारमा ऋण बढिरहेको छ ।’ श्रीमतीले एक सासमा चिठीको सार सुनाई ।
उसले केही बोलेन । अनि श्रीमती आफैले  भनी, ‘कति चिठी पठाइसकेँ, कुनैको जवाफ आएन भनेर पनि चिठीमा लेख्नुभएको छ ।’ सल्लाह दिँदै श्रीमतीले सोधी, ‘जवा फकिन नपठाएको ?’ यसपटक ऊ मौन रहन सकेन । तर उसको कुराले बुझिन्थ्यो ऊ भित्रभित्रै अतिदुःखी छ । उसले भन्यो, ‘तिमीआपैm किन जवाफ दिँदिनौ ?’
जाँदाजाँदै श्रीमतीले भनी, ‘तिमी किन मसित रिसाउँछौ ?’
ऊ एक्लै बसेर सोचिरह्यो —के जवाफदिऊँ ! उसले त पहिल्यै भनेको थियो, ‘बुबा धेरै गहना नबनाउनुस्, आजकाल कसले धेरै गहना लगाउँछ र ? सबभन्दा राम्रो त बनाउँदै नबनाउने ।’ उसको कुरा टुङ्गिन नपाउँदै बाबु जङ्गेको थियो, ‘ठाकुर भोला सिंहको छोराको विवाह हो, कुनै ऐरे गैरेको
होइन । चुपचाप गएर बस । तँआफ्नो छोराको विवाहमा जे मन लाग्छ गर । म हेर्न आउँदिन ।’
ऊ चुपभएको थियो । ऊ विवाहभर केही बोलेन । बाबुले आफ्नो मनमा जे आयो त्यहीग¥यो । जब ऊ काममा फर्कन लागेको थियो बाबुले भनेको थियो, ‘ओ छोरा श्यामु, काममा फर्कंदै छौ कि कसो ?’
‘हो फर्कंदै, अब छुट्टी पनि सकियो । भोलिदेखि काममापनिजानु छ ।’
‘छोरा, तिम्रो विवाहमा पचास हजार ऋण लागेको छ । अरु सबैको त म कुनै किसमिले, अन्न बेचेर चुक्ता गर्छु । तर सुनारको लागितिमीले केही व्यवस्था गर्नुपर्छ ।’
‘कोसिस गर्छु बुबा ।’
‘छोरा, बरु छिटै गर ।’
‘हुन्छ ।’
भन्नलाई त उसले भनेको थियो । आज सात साल हुनलाग्यो, तर कुनै व्यवस्थाहुन सकेन । यसै कुराले ऊ चिन्तित थियो । श्रीमतीले चिया सामुन्ने राखिदिँदै भनी, ‘बेकारमा चिन्ता गरेर केही हुँदैन । यदि मेरो कुरा मान्ने हो भने केहीभनूँ?’
‘भन के हो ?’
‘मान्छौ ?’
‘ठिक कुरा हो भने मान्छु, किन नमान्नू ?’
‘तिमी सुनार कहाँ गएर गहना फिर्ता गरेर आऊ ।’
श्रीमतीको कुरा सुनेर ऊ चकितभयो । नारीको लागिगहना त्यति नै प्यारो हुन्छ जति उसको सुहाग ! त्यो नै आज स्वेच्छाले त्याग्न तयार छे । उसलाई विश्वास लागिरहेको थिएन । उसले फेरि सोध्यो, ‘के भनिरहेकी छ्यौ ?’
पुरुषले त सदैव नारीमाथि अविश्वास गरेको छ, नारी त्यो कुरा जान्दछे । त्यसैले त केहीनबोलीचुपचाप कोठामा गई र त्यहाँबाट गहनाको बाकस ल्याएर उसको सामु राखिदिई र भनी, ‘यो लेऊ, भोलि तिम्रो छुट्टी छ । आजै गाउँजाऊ र आफै  गएर सुनारलाई गहना फिर्ता गरिदेऊ ।’
‘गहना फिर्ता गर्दा तिमीदुःखित हुन्छ्यौ होला’ फेरि अविश्वासको तराजुमा नारीलाई तौलँदै पुरुष पतिले सोध्यो ।
नारी ! ऊ त रामयुगदेखि नै परीक्षा दिँदै आएकी छ । फेरि यसपटक कसरी असफल हुन्छे ?अनिउसले भनी, ‘फिर्ता गरेर त दुःखीहुन्न, तर तिमीले मेरो कुरा नमाने चाहिँ अवश्य दुःख लाग्ने छ ।

(हिन्दीबाट नेपालीमा अनुवाद : मञ्जुश्री प्रधान)

तपाइँको प्रतिक्रिया ।