प्रशान्ति एकेडेमी बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा विद्यार्थी दिवस मनाइयो

प्रशान्ति एकेडेमी बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा विद्यार्थी दिवस मनाइयो

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ४।

बुढानिलकण्ठ नगरपालिका वडा नं  १२ कपनमा रहेको  प्रशान्ति एकेडेमीले चैत्र ३ गते प्रशान्ति विद्यार्थी दिवस मनाएको छ।

उक्त कार्यक्रममा कक्षा ९ का छनौटमा परेका विद्यार्थीहरुले शिक्षकको भूमिका निभाएका थिए। विद्यार्थीहरुको आत्मविश्वास र नेतृत्वको विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको प्रिन्सिपल समिर बास्तोलाले जानकारी दिएका छन  ।

एक दिन का लागि शिक्षक बनेका विद्यार्थीहरुले विद्यालयको पठपाठन तथा अतिरिक्त क्रियाकलापहरु आफैंले सञ्चालन गरेका थिए । कक्षा ९ का छात्र अभिषेक मेहेताले संयोजकको भूमिका निर्वाह गरेका थिए।

पछिल्ला वर्षहरूमा पनि यस्तो विद्यार्थी दिवस मनाइएको र त्यसले विद्यार्थीहरुको आत्मविश्वास बढाउनुका साथै उनीहरुमा नयाँ अनुभव प्रवाह हुने भएकोले आगामी वर्षहरूमा पनि यस्तो उपलब्धिमूलक विद्यार्थी कार्यक्रमलाई निरन्तरता दिने प्रिन्सिपल समिर बास्तोलाले जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।