साहित्य र संगीत : राजेश अधिकारी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ४।
हे कर्ण प्रिया भाव पुन्ज भावना !
तिमीचट्टानझैं अडिक बन्दै जाऊ
म मुटुझैं कोमल बनेर
तिम्रो कठोरतालाई पगाल्दै जान्छु
तिमी लाभा झैं रापिलो हुँदै जाऊ
म पवनझैं सितल बनेर
तिम्रो उत्तापलाई सहँदै जान्छु
तिमीकिनाराभैँ दूर भाग्दै जाऊ
म हुरीझैं भंगालो बनेर
तिम्रो सामिप्यतालाई छुँदै जान्छु
तिमीभागिराख,
म पछ्याइरहन्छु
तिमी छक्याएर लुकिराख,
म खोजिरहन्छु
अन्ततोगोत्वा म तिमी सित एकाकार हुनैपर्छ
किनकी म कर्मी तिमीकर्म
म कृतीतिमी मर्म
नत्र कसरी कविता जन्मिन्छिन् ?
नत्र कसरी छन्दको मृदुल अलंकारले
काव्यको मादल घन्किन्छ ?
हे मनमोहिनी कल्प पुन्ज कल्पना !
तिमीमरुभुमीझैं बन्जर बन्दै जाऊ
म मोतीझैं आँशु बनेर
तिम्रो रुखोपनालाई सिंचित गर्छु
तिमी हुण्डरी झैं बिनाशक बन्दै जाऊ
म पहाड झैं कवच बनेर
तिम्रो उदण्डतालाई बशिभुत गर्छु
तिमी जूनझैं नीलगगन भित्र लुकिराख
म बादलझैं पिछलग्गू बनेर
तिम्रो आभासलाई आत्मसात गर्छु
तिमी हराइराख, म भेटिरहन्छु
तिमी छद्मभेसी बनिराख,मचिनिरहन्छु
अन्तत म तिमीभित्र समाहितहुनैपर्छ
किनकी म बादकतिमीबाध्य
म साधकतिमी साध्य
नत्र कसरी सङ्गीत जन्मिन्छिन् ?
नत्र कसरी सुरतालकी छहाराले
मधुर धुन गुन्जाउँछिन् ?
युद्धलाई रोक्ने,
शान्तिबोलाउने
अस्त्र हो कविता
विध्वंश रोक्ने,
क्रान्तीनिम्त्याउने
माध्यमहो कविता
कविताभावनाको झरी हो
म यसैमा रुझ्न चाहन्छु
भावना परमानन्दको सागर हो
म यसैमा डुब्न चाहन्छु
हृदय जोड्ने, खुशी दिलाउने
कसीहो सङ्गीत
दुःखिपनतोड्ने,
प्रशन्नताको आभा छर्ने
शशीहो संगीत
संगीत अति दर्दको बुटी हो
म धारण गर्न चाहन्छु
संगीत खुशीको सगर हो
म यसैमा उड्न चाहन्छु
स्वार्गानन्द बोकेका कलाश्रेष्ठ बिधाहरू
साहित्य र संगीतलाई मेरो नमन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक