युद्धको घोषणा : निर्मलरमण पराजुलि (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ४।
महोदय
यहाँअपमान र समानको
कुरा होइन
अस्तित्वको कुरा हो दलितको
तपाइको नशानशामा
बग्ने रगत
अनि
मेरो नशानशामा
बग्ने रगत फरक छ ?
छ भने भन्नुस्
होइनभने
तपाइ ठूलो म सानो
कसरी भयौ ?
सीपको आधारमा कोरिएको
जातपातको लक्ष्मण रेखा
म पार गर्न चाहन्छु
अनि
निहित स्वार्थ पूर्तिका खातिर
बनाइएका
अतीअन्धविश्वासीपर्खालहरू
जो अक्षर आउनुअघि
सभ्यता जन्मनुअघि
संस्कार हुर्कनुअघि
चेतनाको चास्नी फैलिनुअघि
जन्मेका हुन्
अहिले मान्छे आफै
आकाशमा उड्न लागेका
समयसाँधमायिनको कुनै
अर्थ रहेको छ महाशय !
त्यसैले
यीविकृत अवरोधीखम्बाहरू
जसले मान्छेलाई मान्छेबाट
अलग गराएका छन्
आउनुहोस्
भत्काउन, लडाउन
अब एक मिनेट ढिलो गर्नु हुन्न
अनि
एक जात
एक धर्म
मानव र मानवता
यस सिद्धान्तलाई
स्थापित गर्न
युद्धको शङ्ख घोष गरौँ
र मानवताको
एउटै आरतीबालेर
एकताबद्ध भई
हातमाहात
काँधमाकाँधमिलाउँदै
उद्घोष गरौँ
हामी मान्छे
मान्छे एक हौँ
रङ्गले फरक भएपनि
आकारले होचा अग्ला रहे पनि
चेतनाले कम बढी भएपनि
मनले, मुटुले
हरेक स्नायविकयन्त्रले
हामीलाई भनिरहेछ
मान्छे
मान्छे एक हौँ
मान्छे एक हौँ …!
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक