केब्स कलेज बौद्ध टुसालले शनिबार स्वागत, बिदाइ तथा सम्मान गर्दै

कपन अनलाइन

काठमाडौँ, चैत्र १ ।

काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध टुसालमा संचालित कुमारी इंगलिस बोर्डिंग स्कुल (केब्स) प्लस टु कलेजले  स्वागत बिदाइ तथा सम्मान कार्यक्रम गर्ने भएको छ चैत्र ४ गते शनिबार मुलपानी क्रिकेट स्टेडियम संगै रहेको रोयल प्यालेसमा कलेजले कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुका लागि स्वागत,सम्मान तथा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई कार्यक्रम गर्न लागेको हो ।

बिभिन्न सास्कृतिक कार्यक्रम समेत समाबेश गरिने उक्त कार्यक्रममा समाजमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिने कलेजले जानकारी गराएको छ ।सबैखाले शैक्षिक पुर्वाधार सम्पन्न रहेको केब्स  कलेजमा दक्ष तथा अनुभवी प्राध्यापकहरुले विज्ञान, सहित व्यवस्थापन, शिक्षा,मानविकी र कानुन बिषयमा अध्यापन गराउदै आएका  छन  ।शनिबार बिहान १० बजे देखि हुने उक्त कार्यक्रममा सहभागी हुन कलेजले अनुरोध गरेको छ ।

 

 

 

तपाइँको प्रतिक्रिया ।