इम्पेरीयल वर्ल्ड स्कुल बुढानीलकण्ठ-६ मा गणित पार्क ( Math park) उद्घाटन

इम्पेरीयल वर्ल्ड स्कुल बुढानीलकण्ठ-६ मा गणित पार्क ( Math park)  उद्घाटन

कपन अनलाइन

काठमाडौं फाल्गुन २८ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं ६ मा रहेको इम्पेरीयल वर्ल्ड स्कुलमा गणित पार्क ( Math park) को उद्घाटन भएको छ ।

पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा उक्त विद्यालयमा गणित पार्क (Math park) उद्घाटन गरिएको हो।  विद्यार्थीहरुमा  रहेको गणित विषय गाह्रो हुन्छ भन्ने मनोभावना हटाउने उद्देश्यसहितस्थापना गरिएको  गणित उद्यान (म्याथ पार्क)को शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले  उद्घाटन गरेकी छन।

सचिव बज्राचार्यले नेपालमा पहिलो स्थापना भएको गणित पार्कले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताउदै  विज्ञान र गणितप्रति विद्यार्थीको आर्कषण कम हुने गरेको चर्चा विच गणित पार्क उद्घाटन हुनु सुखद रहेको बताउदै  विद्यार्थीलाई सहज हुने विस्वास व्यक्त गरेकी थिइन्।

विद्यालयमा स्थापना भएको गणित पार्क ( Math park) को अबलोकनका लागि समुदाय र  विद्यालयहरुलाई आग्रह गर्दै  विद्यालयकी प्रिन्सिपल जुनिता शाही कार्कीले पार्क स्थापनामा गणित विभागको भूमिका महत्वपूर्ण रहेको बताएकी छन।

इम्पेरीयल वर्ल्ड स्कुलले नियमित शैक्षिक गतिविधि संगै रचनात्मक र सृजनात्मक विकासमा निरन्तर जोड दिएको बताउदै प्रिन्सिपल जुनिता कार्कीले  गणित पार्क ( Math park) को उद्घाटनमा सहयोग गर्नेहरुलाई धन्यवाद दिएकी छन।

 

तपाइँको प्रतिक्रिया ।