स्ववियु निर्वाचन: कान्तिपुर क्याम्पस थलीमा को को भए निर्वाचित ?

स्ववियु निर्वाचन: कान्तिपुर क्याम्पस थलीमा को को भए निर्वाचित ?

कपन अनलाइन

काठमाडौं चैत्र १ ।

त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर क्याम्पस थली डाँछीको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा  सर्वसम्मत नेतृत्व चयन भएको छ ।

सभापतिमा नेबी संघका आसु फुयाल, उपसभापतिमा अनेरास्ववियु (एमाले)का सुवास तामाङ,सचिब नेबी संघका रोशन कार्की,कोषाध्यक्षमा अखिल क्रान्तिकारीका संजय तामाङ, सहसचिब अनेरास्ववियु(समाजबादी)का रुपक दाहाल,निर्बिरोध निर्वाचित भएका छन् भने सदस्यहरुमा नेबी संघका संजित तामाङ, रुपा सुवेदी,सुस्मिता तामाङ,सुशील कोइराला,प्रमिला रोक्का,अनेरास्ववियु (एमाले)का सन्जु आचार्य, कन्यामाया तामाङ लामा निर्बिरोध निर्वाचित भएका छन्।

त्यसै गरि सदस्यमै रा. प्र.बि. स बाट आषुतोष सिंखडा र अभिषेक क्षेत्री निर्बिरोध निर्वाचित भएका छन ।भने अखिल क्रान्तिकारी बाट स्वस्ती फुयाल निर्बिरोध निर्वाचित भएकी  कान्तिपुर क्याम्पस स्व. बि. यु  निर्वाचन संयोजक रबि कुमार सिलवालले जानकारी गराएका छन ।

तपाइँको प्रतिक्रिया ।