गढीमाईको यात्रा : महेन्द्र चालिसे (यात्रा संस्मरण)
कपन अनलाइन
काठमाण्डौ ,फागुन २७।
सायद २०७९ फागुनको ७, ८ गते तिर विहान हुनुपर्छ हामी केही साथीहरु चोकमा बसेर चियापिउँदै थियौं । गफको सिलसिलाचल्दा रवि लामिछाने र चितवनउपननिर्वाचनको कुरा उठ्यो । वास्तवमामलाई त्यस्तो चिया जमघटमा यस्ता बेतुकको राजनितीक कुरा मनै पर्दैन । त्यसैले कुरा छल्ने उद्देश्यले मैले प्याच्चभनें– ‘ए, मलाई सौराह घुमाउन लैजाओन ।”
“हिड्नोस्न, कत्रो कुरा भयो त । के माजाने र कतिजनाजाने ?” मलाई जवाफदिदै पुरुषोत्तम (पुरु) चालिसेले भन्छ ।
“आफ्नै २ वटा गाडिमा १० जनाजाने नी”
“त्यति टाढा गाडी चलाएर गैदैन दाजु– पुरु आफ्नै पारामा भन्छ । बरु १ दिन बढी लागोस चट्ट बउटा जिप भाडामा लिने, गढीमाई जाने, त्यहाँबाट सौराहजाने, लुम्बिनीजाने र पोखरा हुँदै घर आउने ।”
यहाँ छेउ म अलिअलमलिए छुँ । किनकिपुरुले गढीमाई भनेको हेटौंडामा भएको गढीमाइ रहेछ, तर मैले बाराको गढीमाई बुझें, किनकि हेटौंडामा गढीमाइ मन्दिर छ भन्ने मलाई थाहाथिएन । ल, हुन्छ भनिदिएँकिनकिबारास्थितवरियारपुरको गढीमाईको महिमा धेरै सुनेको थिएँ । त्यहीअनुसार साथीहरुसँग कुरा भयो । तर जो पनि २ दिनमाती ठाऊँहरु घुम्न भ्याउँदैन भन्नथाले । अनित्यही कुरा पुरु चालिसेलाई भनेपछि उस्ले जाने भनेको गढीमाई र हामिले भनेको गढीमाई फरक परेको थाहाभयो र साँच्चै नभ्याउने ठहर भयो र बाराको गढीमाई र सौराहमात्रजाने सल्लाहभएर फागुन ११ गते गएर १२ गते फर्कने योजनाबन्यो ।
योजना त बनाए साथीहरुले तर छोटो समयमा बनेको योजनाभएकोले क–कस्लाई अनुकूल मिल्छ मिल्दैन भनेर तुरुन्तै ठेगान गर्न समस्याप¥यो भने, जिप भाडामा लिनासाथजानेको संख्या स्वतः घटाउनु पर्ने भयो । “जिपमाहोलोसंग जाने हो भने ७जनाभन्दा बढी जान सकिंदैन है दाई” भनेर पुरुले र बद्रीपौडेलले वारम्वार भन्थे तरै पनिहामि ८ जना त भैसकेको थियौं । फेरी १० गते रातीपहिलाजान्नभन्ने १ जनाले ‘ल म पनि जसरी भएपनि जान्छु” भनेर खवर गरेकोले ९ जना पुगिएछ । हुनत मैले यस्तो भाडाको जिपपहिलो चोटी चढेको हो । विचको सिटमा ४ जना र पछिको सिटमा ४ जना गरी ८ जना बस्दा सजिलो पनि र असजिलो पनिहुँदोरहेछ भन्ने अनुभव साथीहरुले सुनाए । सजिलो यस अर्थमा कि सिटमा अलिहोलो भएर बस्दा हाम्रो जस्तो घुमाउरो र अड्के खड्के बाटोमा मान्छे हल्लिने र चिप्लिने हुँदो रहेनछ र असजिलो यस अर्थमा कि अलि टम्म भएर शरीर खेलाउननपाइने रहेछ जेहोस पहिले सोचेजस्तो असजिलो चाहिं हुँदो रहेनछ रे । मलाई त सवैले माया गरेर अगाडि सिटमा वस्न दिइहाले ।
“दाई विहान त पाँचै वजे हिड्नुपर्छ है, टाढा पुग्नुपर्छ” हाम्रो जिप साहुजी (आपैंm ड्राइभर पनि) सानु भाइलामा भन्छन् । हाम्रो पहिलो लक्ष्यवारास्थित गढीमाई थियो । फागुन ११ गते विहानहामिआरुबारीबाट जिप चढ्ने म, इन्दिरा चालिसे, नारायण जोशी, तारा जोशी र बद्रीपौडेल पाँचै बजे तयार भएकाथियौं । रामनगर सिमलटारबाट जिप चढेर पुरु र सूधाआउनुपर्ने सानुभाईले अलि ढिलो गरेकोले उनीहरु साँढे पाँच बजे म कहाँआइपुगे । विचमा अरु २ जना रामेश्वर ढुंगाना र उषा ढुंगानालाई टिप्नु थियो र त्यसैले हामी त्यतै तिर लाग्यौं ।
बल्खु पुगेपछि थाहाभयो– मुग्लिनभएर जाने हो भने १२ बजे भित्रमुग्लिन कटिसक्नुपर्छ नत्र बाटो वन्द हुन्छ, यताफर्पिङ्गको बाटो जाने भन्दात्यो बाटो पनिवन्द छ रे । त्यसैले हामि टिका भैरबको बाटो हुँदै मकवानपुर गढी भएर हेटौंडा निस्कंदा बाटो नै पर्ने भएकोले कुनै समस्या परेन । ‘ए सानु’अलि राम्रो ठाउँ हेरेर चियाखान रोक है” – यात्राको क्रममाअसाध्यचियाखानुपर्ने पुरु गाडी चालकलाई भन्छ । भट्टेडाँडा गएर खालास’– सानुभाई पुरुलाई भन्छ । बास्तवमा सानुभाई र पुरु चालिसे साथी साथीभएकाले उनीहरु तँ त र म मगर्दै एकले अर्कोलाई उल्ल्याउँदै गर्दा अरु साथीहरुलाई एक प्रकारको मनोरंजन नै भएको थियो । सानुभाइले भट्टेडाँडा पु¥याएर एउटा चियापसल अगाडि गाडि रोक्यो र हामीत्यहाँचियानास्ता गर्न लाग्यौं ।
फागुन १० गते नारायण जोशीले– दाई ११ गते वेलुकीचितवनमाहोटलमा नवसेर मेरा भाञ्जाको क्वाटरमा वस्ने है र खानपानपनित्यहीखाने’ भन्नुभएको थियो । “त्यतिकाजानाखान बस्न जानु ठीक होला र नारनजी’ मैले भन्दाउहाँले “केही फरक पर्दैन, हामीत्यताआउने थाहा पाएपछि भाञ्जा कराएको कराई गरेको छ” भन्नुभयो र त्यतै बस्न जाने योजनावनेको थियो ।
भट्टे डाँडामा चियानास्तागर्दा गर्दै बद्रीपौडेलको मोवाइल वज्छ । फोन उहाँको जेठो छोरा सन्तोषको रहेछ । सन्तोष नेपाली सेनाको मेजर र ऊ चितवनतिर ब्यारेकमा छ भन्ने त मलाई थाहाथियो । उस्ले आफ्नो बावुलाई फोन गरेर को को आएका छन् भनेर सोधेछन् क्यार– वद्रीजीले फोनमा महेन्द्र दाई, भाउजु र अरु गरी हामि ९–१० जना छौं भनेको सुनियो र पछि म सल्लाह गरेर फोन गर्छू भन्दै फोन राख्नु भयो ।
‘दाई (वास्तवमाबद्रीजी २०–२२ दिनले म भन्दा जेठो हुनुहुन्छ तर उहाँमलाई पहिले देखि नै दाई भन्नु हुन्छ) भरेको खाना र वस्ने व्यवस्था सन्तोषले व्यारेकको अतिथि गृहमा मिलाउँछु भनेको छ, हुन्छ भनौं है” भनेर बद्रीजीले छोरासँगभएको फोनको कुरा गर्नुहुन्छ । म अलिअसमंजसमा पर्छु, किनकिहाम्रो बास्तवमै सेना या प्रहरीसँग त्यति सम्पर्क नभएकोले सैनीकव्यारेक गएर बस्ने खाने कुरा मेरा लागि सहजभएन । अनीे सोझै नकार्न पनि सकिएन, त्यसैले नारनजीपट्टी पन्छाउँदै” नारनजीले भाञ्जाकहाँव्यवस्था गर्नुभएको छ त्यसैले तपाईहरु २ जना सल्लाहगर्नोस्” भनेर आफु पन्छिएँ ।
ए साँच्चीअहिले विहानको खाना त उर्मीलाले वनाउँछु, सवैजनाखाएर मात्र जानुपर्छ भनेकी छ, के गर्ने ?त्यही बाटो जाने हो आखिर । “तारा जोशी फेरी नयाँ कुरा राख्नु हुन्छ । उर्मिलाभनेको तारा जोशीको मामाको छोरी, सारै फरासिली, मेरो र इन्दिराको त २–३ चोटी भेट भैसकेको थियो । तारा जोशीकहाँआउँदाहामीकहाँपनि पस्छिन र हाम्रो राम्रो चिनजान भैसकेको थियो । तर यत्तिकाजनाखानजाने कुरा चाहिं ठीक लागेन र मैले नजाने कुरा गरें, ताराले त्यसै भनेर फोन गर्नु भयो जस्तो लाग्छ ।
हामीमकवानपुर गढी पुग्ने पुग्ने बेलामा नारायणजीलाई उर्मिलाको श्रीमानको फोन आउँछ र खानानखाई जानु हुँदैन भन्ने कुरा भएछ क्यार, नारनजीअर्का एउटा नयाँ प्रस्ताव राख्नुहुन्छ ‘दाई चुच्चेखोलामा मिठो खुवा पाइन्छ त्यहाँचिया, खुवाखाऊँ, त्यसपछि चौघोडामा ताराको मामामाइजु हुनुहुन्छ उहाँहरुकै घरको बाटो जानुपर्छ, एक क्षण रोकिउँ, किनकी कसरी बाटो काट्ेन, पछि थाहाभएचित्तदुखाउनु हुन्छ । त्यतिबेलामाउताउर्मिलाले खानापकाइ सक्छे, त्यहाँ पसेर खानाखाएर जाउँ, धेरै कराएका छन्, हुन्न?
नाई भन्न सक्ने स्थिति नै भएन, त्यत्रो अनुरोध गर्दाखेरी । हुन त त्यो उहाँहरुको वडप्पन थियो, हामि घुम्न जाने त्यत्रो १० जनाको समुहलाई खानावनाई तुल्याई खुवाउनु पर्ने नै थिएन तर उहाँहरुले हामिलाई आतिथ्यप्रदान गर्नुभयो जुनहामिलाई ठूलो कुरा थियो ।
नारायणजीको प्रस्तावअनुसार नै गरेर उर्मिलाजी कहाँबाट खानाखाएर त्यहाँबाट साढे १२ वजे हामीवारा जिल्लाको वरियारपुरस्थित गढीमाई तर्फ लाग्यौं । गढीमाईलाई मकवानपुर गढीको तुलजाभवानीपनि भन्छन् ।
गढीमाई तराई क्षेत्रको प्रसिद्ध शक्तिपीठ मध्ये पर्ने प्रमुखमन्दिर हो । कलैयाबाट ८ किलो मिटर पूर्व वरियारपुरमा रहेको गढीमाई मन्दिरमाप्रत्येक ५–५ वर्षमामार्ग शुक्ल सप्तमी देखी सुरु हुने मेला “गढीमाईको मेला”को नामले प्रख्यात छ । पहिलावरियारपुरको खुला चौरमा एउटा त्रिशूल राखिएको थियो । उक्त त्रिशूलबाट मान्छेको तीन पिडा (शूल) रुपीताप–चिन्ता–आध्यात्मिक, आदिदैविक र आदिभौतिकतापनाश हुन्छ भन्ने जन विश्वास पाइन्छ । उक्तखुलाचउरमा रहेको त्रिशुललाई अहिले मन्दिर बनाएर राखिएको छ भने त्यसको दक्षिणतर्फ गढीमाई देवीको मुर्ति सहितमन्दिर छ र मन्दिरबाट पूर्वपट्टि अजंगपीपलको रुखसंगै ब्रह्मा स्थापनागरिएको छ, जसलाई ब्रह्मास्थलभन्दा रहेछन् । त्यही ब्रह्मास्थलबाट मार्ग शुक्ल सप्तमीको दिन गढीमाई देवीलाई स्वागतगर्दै पाँचदिन सम्मको पूजाअर्चना सकिएपछि सर्व साधारणका लागिखुलागरिन्छ भनेर त्यहाँकापुजारी वताउँछन् । त्यहाँकापूजारी थारु जातीबाट मात्रलिने परम्परा रहेको छ ।
गढीमाईको पूजागर्दा ‘कङ्कालीमाइ, जाखिनमाई र भक्तिमाईको पनिपूजा गर्नु पर्छ” भन्छन् पूजारी÷पूजारीले भने अनूसरा उक्त गढीमाईको मेलाकाबखत गढीमाईका वहिनीहरु– कटबासीमाई, कंकालीमाई, मनकामनामाई, संसारीमाइ, साम्येमाई, राजदेवीमाई, गढवाडामाई, जोरलाहीमाई र वनशक्तिमाई आदिको पनिपूजा गर्ने गरिन्छ ।
गढीमाईको धार्मिक किम्वदन्तीअनूसार १७औं शताब्दीमाभगवानदास थारु नामकव्यक्तिहत्याको अभियोगमा जेल परेका थिए रे । उनी जेलबाट छुट्दा आफ्नो साथमा एउटा त्रिशूलल्याएकाथिए । उनले त्यो त्रिशूल बरियापुरको खुलाचउरमा गाडिदिएर पूजाचलाए र अहिले त्यहाँ गढीमाईको मन्दिर बनेको छ ।
किम्वदन्तीअनुसार जेलभित्र रातीभगवानदास थारुलाई निदाएको बेलामा सपनामाआएर गढीमाईले (मकवानपुर गढीका तुलजाभवानीे) मलाई तिम्रो गाउँमा लैजाउ, तिम्रो सारा दुःख कष्ट हरण हुन्छ र तिम्रो जेलमुक्तिपनि हुन्छ । तिमी यो त्रिशूलपनिलिएर जानु”भनेर सपनामै एउटा त्रिसूल भवानीले दिइन् रे ।” भोलिपल्ट भगवानदास उठ्दा उनको सिराननेर एउटा त्रिशूलथियो रे । त्यसको केहीदिनमाउनी जेल मुक्तपनिभए रे र उनले त्यहीत्रिशूलवरियारपुरमा गडेर गढीमाईको पूजा, सुरु गरेको भन्ने किम्वदन्तीअभैm चलेको छ । तीनै थारुकादशौं–एघारौं पुस्ताअहिले पनि गढीमाईको पूजारी छन् भनिन्छ ।
मार्गशुक्ल सप्तमीको दिनमुलपुजारीले तान्त्रिकविधिअनुसार पहिला नर वलीको रुपमा मान्छेको शरिको ५ स्थान– निधार, कान, जिब्रो, दाहिने छाती र दाहिने तिघ्रा गरी ५ अंगबाट रगतनिकालेर चढाएपछि पुनःतान्त्रिक विधीबाट मूसा, परेवा, वोको, रांगो र खरायोगरी पाँचजन्तुलाई पंचवली चढाएपछि सर्वसाधारणले आ–आफ्नो भाकलअनुसार वलि चढाउने गर्छन् ।
केहीवर्षदेखी नरवलीकालागि रौतहट सिम्रीकातान्त्रिकदुखाधामिले आफ्नो शरीरको ५ ठाउँबाट, रगतनिकाली चढाउने गरेका छन् । पंचवलीको अघिल्लो रातभर पूजाआराधना हुन्छ र यसैका प्रभावले ब्रह्मस्थानमाआपैंm वत्ति वल्छ र पंचवली हुन्छ भनेर पुजारी वताउँछन्– जस्लाई अविश्वास गर्नेकीविश्वास ?हुन त वैदिक सनातनहिन्दू धर्म संस्कृतिमाबलिलाई शक्तिसँग जोडिने गरेको छ र शक्तिकी देवीलाई खुसीपार्न वलिदिने र देवी प्रसन्न भएर चिताएको पु¥याईदिने भन्ने मान्यता त परापूर्व कालदेखि नै रहँदै आएको छ । हाम्रो समूह गढीमाईको दर्शन सकेर त्यहाँ वरीपरीको दृष्यावलोकन गरेर आफ्नो दोश्रो गन्तव्यचितवनको सौराहतर्फ लाग्यौं ।
“लदाई हाम्रो आजको वसाई सौराहस्थित नेपालआर्मीको अतिथि गृहमा र वेलुकीको खानाशक्तिखोर स्थित गणको अफिसर मेसमाहुनेभयो– सन्तोषले मान्दै मानेनन् । गढीमाई दर्शन सकेर फर्कने क्रममाबद्रीजीले सुनाउनुभयो । एक त नाई भन्नै मिलेन, अर्को शक्तिखोर भन्नासाथउत्सुकतापनिजागिहाल्यो । किनकिशक्तिखोर व्यारेक जहाँमाओवादीहरु शान्तिप्रकृयामाआइसकेपछि उनीहरुका लडाकुहरु राख्नको लागिनिर्माण गरिएको थियो र जहाँअनमिनकाप्रतिनिधीहरु प्नि बसेका थिएक्यार । ती लडाकुहरुको व्यवस्थापन पछि नेपालआर्मीको कमाण्डो गु्रप बस्दै आएको र जहाँबद्रीजीको छोरा सन्तोष मेजर पदमाकार्यरत छन् । हो त्यो शक्तिखोर हेर्ने लालसापनि त मनमापलाइहाल्यो ।
गढीमाईबाट हामि साँझ साढे साततिर शक्तिखोर व्यारेक पुग्यौं, त्यहाँ सन्तोष लगायतत्यहाँकाप्रमुख कर्णेलसाव र अन्य साथीहरुबाट जुनन्यानो सत्कार र स्वागतपाइयो । त्यो वास्तवमै हामिले अपेक्षा गरे भन्दा धेरै गुणा बढी थियो । मसंग रहेको मेरो नियात्राको पुस्तकत्यहाँकाप्रमुख कर्णेल र अर्का एकजनाकप्तानसाबलाई उपहार दिएँ । उहाँहरु आफ्नो कार्यालयको वार्षिकोत्सवको तयारीमालाग्नु पर्ने भनेर हामीहरुको सत्कारमाकुनै कमीनहोस भनेर सन्तोषलाई भन्दै छुट्टिने भयो । एकडेढ घण्टा हामित्यहाँ मेसमा स्न्याक्स र डिनर खाएर केहीफोटो सेसन गरेर सौराहस्थित सेनाकै अतिथि गृहमाआयौं । त्यहाँकाप्रमुखकप्तान सावलाई हामिलाई पु¥याउनआएकाभाइ सन्तोष पौडेल र टिमले हाम्रो भोलि विहानको सौराह राष्ट्रिय निकुञ्ज भ्रमणका लागि सहजीकरण गर्न र हाम्रो राम्रो व्यवस्थापनकालागिनिर्देशनदिएर फर्किए ।
सन्तोष भाइहरु फर्किएपछि केही क्षण हामीमलाई सुत्नदिएको कोठा भन्दाबाहिर एउटा हल रहेछ त्यहाँ बसेर गफ गर्न थाल्यौं । केही वेरको हासीमजाककागफ सहितभोलि विहान साँढे ६ बजे सम्ममा सवैजनातयार भएर जम्माहुने सल्लाह सहित सुत्ने तरखरमालाग्यौं ।
विहानहामी पुरुषहरु अलि सवेरै कम्पाउण्ड वाहिर चियाको खोजीमानिक्लियौं । हामी निक्लिएपछि अतिथी गृहकाभाईहरु हामीहरु सवैका लागितातोपानी र चियालिएर आउनुभएछ – जुनहामिले सोचेको थिएनौ ।
‘सर, हामिलाई मेजरसावले हजुरहरुको घुमाइलाई व्यवस्थागरिदिनु भन्नु भएको छ । हजुरहरु निकुञ्ज घुम्ने कि, सामुदायिकवन घुम्ने ?निकुञ्ज घुम्न २ वटा प्याकेज हुन्छ – हाफ डे र फुल डे । हाफ डे ४ घण्टाको हुन्छ, फुल डे ८ घण्टाको हुन्छ । ९ वजे भित्रमाप्रवेश गरिसक्नु पर्छ । कसरा पाटिबाट जानपाएको भएहाम्रै गाडिमा सुरक्षा सहित घुम्न पाइन्थ्यो, तर यताबाट त हामिलाई पनि गाडि लानदिंदैनन् । उनीहरुकै गाडी लग्नुपर्छ । भाडा १४५३०।– पर्छ हामिले भन्यौं भने २ हजार छुट दिन्छन् । हैन सामुदायिकवनमात्रै घुम्ने हो भने निकुञ्ज भित्रजानु पर्दैन, बाहिर बाहिरै घुमाउँछन् । जिपमागएपनिअथवाहात्ति सफारी गरेपनि । कुनव्यवस्था गरौं सर ?”
ती सैनिकभाइको प्रश्न पछि साथीहरुको आएको वेलामानिकुञ्ज नै घुम्ने हाफ डे प्याकेज लिएर भन्ने सल्लाहभयो । तर मेरो व्यक्तिगतचाहनाचाहिं हात्ति सफारी गर्ने थियो तर समुहमा हिंडेपछि समुहले जे भन्छ त्यो शिरोपर गर्नैपर्छ र त्यहीअनुसार ४ घण्टाको जिप सफारीको व्यवस्थाभयो । १२५००।– तिरेर, सेनाको तर्फबाट बुकिंगभनेर तीनै भाइले फोन गरिदिए, जसकारण हामिले दुइहजार तीस रुपैयां छुट पायौं त्यहीनजिकै विहानको नास्ता गरेर हामि सवै विहानको ८ वजेर ३५ मिनेटमा जिप सफारी सुरु ग¥यौं ।
चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो र सवैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । यस्को स्थापनावि.सं २०३० सालमाभएको थियो भने २०४१ सालमायुनेस्को विश्वसम्पदा क्षेत्रमा सुचिकृत भयो । जैविकविविधताले सुसज्जित यो क्षेत्र नेपालको मध्य तराइमा पर्छ । २००७ साल सम्म चितवनतत्कालिकशासकहरुको शिकार खेल्ने क्षेत्र थियो । पछि गएर तत्कालिक समयमाशाहीचितवन राष्ट्रिय निकुञ्जको रुप लियो । २०१७ साल सम्म त्यहाँखासै वस्ती थिएन र त्यहाँगएऔलो लाग्छ भन्ने त्रासको कारण पनि वस्ती वस्न सकेको थिएन । वि.सं. २०१७ सालको अन्त सम्ममा करीव७०% जंगलले ढाकेको क्षेत्रमा डिडिटी छरी जंगलमासीहजारौं हजार मानिसहरुको बस्तिवसाइएको थियो । भनिन्छ । यसरी मानिसहरुको बस्ती विस्तार भएपछि त्यहाँ चोरी शिकारी बढ्न गएर विशेषतः गैंडाको संख्या नाटकीय रुपमा घट्न थाल्यो । सुरुमाअर्थात् २०३० सालमाचितवन राष्ट्रिय निकुञ्जले ५४४ वर्ग कि.मि. क्षेत्र ओगटेको थियो भने वि.सं. २०३४ सालमा यो क्षेत्र बढाएर ९३२ वर्ग कि.मि.मा पु¥याइयो । जुनहालसम्मकायम छ ।
चितवन राष्ट्रिय निकुञ्ज विशेष गरी एक सिंगे गैंडा र पाटेवाघको लागिप्रख्यात छ । हाम्रो जिप सफारी पथप्रदर्शक नारायण अधिकारीकाअनुसार हालउक्तनिकुञ्जमा ४३ प्रजातीका स्तनधारी प्राणी, ४५० प्रजातीका चराचुरुंगी, ४५ प्रजातीकाजलथलचर तथा घस्रने प्राणीहरु र १०० भन्दा बढी जातका माछाहरु पाइन्छन् ।
उनकाअनुसार प्रमुख स्तनधारी प्राणीहरुमा हरिण, चित्तल, बाँदर तथालंगुर बाँदर आदि पाइन्छन् । तर तिनीहरुको संख्याकरिब कति छ भनेर यकिन गर्न सकिंदैन, किनकितीप्रायः बाघ भालुकासिकार भैरहन्छन् । पथपदर्शक आधिकारिककाअनुसार हालनिकुञ्जमाकरिब छ सय पाँचवटा गैंडा र १२७ वटा वाघ रहेको छ ।
सौराहको राप्तीकिनारबाट सुरु भएको हाम्रो यात्राकरिब ३५–३६ कि.मि. दुरी पौने ४ घण्टामा पार गरियो । करिब १५ मिनेट जती कसरास्थित घडियाल गोहीप्रजनन् केन्द्र अवलोकन गरियो ।
जंगल सफारीको लागिविशेष तयार पारिएको खुलाजिपमाजंगलभित्र घुम्दा त एउटा छुट्टै प्रकारको रमाइलो हुँदोरहेछ । “यहाँ बाघ, भालु, गैडाहरु कत्तिको देखिन्छ” भन्ने प्रश्नमाहाम्रा गाइड नारायण अधिकारी कुनै निश्चितनभएको बताउँछन् । कहिले दिनकै दुई चार चोटि नै देखिन्छन् भने कहिले हप्तौसम्म पनि देखिदैनन् । वेला वेलामाजिप ड्राइभरले घ्याच्चजिप रोकेर “मुखबाट आवाजननिकाल्नोस् एक क्षण कुरौं यहाँ वाघ छ कि जस्तो छ” भनेर ८–१० मिनेट गाडी रोकेर राख्यो । कस्तो अचम्म गाडिको त्यत्रो आवाजआउनचाहिं हुन्े मान्छे यसो बोल्न नहुने ?हामिले अलिचित्तनबुझ्दो प्रतिक्रियाको जवाफमा उ भन्छ– गाडीहरुको आवाजमा वाघ भालुहरु अभ्यस्त भैसके तर मान्छेको आवाज सुन्यो भने डराएर निस्कदैन”
खै, न वाघ देखिन्छ, न भालु, न त गैडा नै । देखिएको भनेको ठाउँ ठाउँमा नाचिरहेका मयुर, केहीबाँदर, लुंगूर बाँदर, हरिण, चित्तल र जरायो । उनीहरुले गाडि रोक्दै चुप् चुप, चुपलाग्नुस यहाँबाट निस्कन सक्छ” भनेर गरेको कृयालाई हामिले उनीहरुको नाटक हो जस्तो ठान्यौं । त्यतिवेलाको हाम्रो खासमा मेरो र पुरुको ठम्याइमा ४ घण्टा विताउनगरिएको नाटक थियो त्यो ।
ल, ल, हेर्नुस् त यहाँ बाघको पाइला रहेछ’ एक ठाउँमा जिपचालकले देखाउँदा पुरु तुरुन्तै प्रतिकृया जनाउँछ– “वाघ देखाउन सकेनौं अवपाइलाभएनी देखाइदिएभन्नपाउने भयौ ।
हामी एउटा ठूलो फेरो मारेर फर्कने क्रममाअवकरिब ४–५ कि.मि. पुरानै बाटो आउनुपर्ने थियो केही गाडिहरु रोकिएकाथिए, भर्खर वाघ त्यता छि¥यो भनेर । यसो फर्केर हेरेका नभन्दै एउटा सानो खालको बाघ (टाढाबाट सानो देखिएको रहेछ) लुसुक्क सुकेको वंसोको झाडीमा छिरेको देखियो । हाम्रो जीप त्यतैतिर रिभर्समा दौडायो तर त्यहाँपुग्दा वाघ कताकता ।
वाघ झाडिमा छिरेको ठाउँमा के पुगेको थियो, पछाडीको अर्को गाडीवाला करायो– “ए, ए, उ, त्यहाँभालु आयो” हाम्रो गाडि फेरी तुफान पछाडी लाग्यो हामिले पनिभालु त देख्यौं तर फोटो खिच्नभ्याइएन । त्यसपछि हसीमजाकचलि नै रह्यो– “थुम्को देखे पनि ऊ बाघ भन्यो, रुखको ठुटो देखेपनि ऊ ऊत्यहाँ रहेछ बाघ” भनेर हाम्रो ठट्टा चलि नै रहेको थियो । म गाडिमा पछाडि फर्केर उभिएको थिएँ, अगाडि घुम्नु प¥यो भनेर घुम्न लागे, त्यतिवेलाजिस्किएर ‘ए बाघ ल, न झाडिबाट निस्किएर हामिलाई दर्शन दे न भनेर अगाडि के फर्केको थिएं, बाघ त अघि जहाँबाट झाडिमा पसेको थियो त्यहीबाट लसक्कनिस्कियो । मेरो भिडियो खुलाथियो । मेरो मुखबाट अनायास “ऊ बाघ” भन्ने शब्दनिस्कियो । हाम्रो साथीहरु सवै हलललहाँसे, उनीहरुले पत्याएनन् । म भिडियो जुम गरेर खिच्नथालें, किनकिहाम्रो दूरी कमसेकम १०–१५ मिटर भन्दा बढी थियो ।
“एहो, रहेछ” उषाको स्वर सुनियो र सवै वाघ हेर्न थाले, त्यतिखेर सुरुमा बाघ सडकको वल्लो छेउबाट पल्लो छेउमा पुग्नलागिसकेको थियो । सडक झर्ना साथ त झाडिमा छिरेर लोप भैहाल्थ्यो । त्यति परबाट वाइल्ड लाइफ देख्दापनियति रोमाञ्चक स्थिति वन्दोरहेछ भन्ने, गजवको अनुभवभयो । त्यतिवेला सायद हामिलाई जतिआनन्द सायद संसारमै कसैलाई छैन होलाभन्ने भानभयो ।
हाम्रा साथीहरु “ लौ हाम्रो सौराहको जंगल सफारी सफलभयो” भन्दै निकै उमंगका साथगफिनथाले र केही क्षणमा पून राप्तिकिनारामाआइपुग्यौं । होटलमा गएर पहिल्यै अर्डर गरेको खानाखाइवरी अवआफ्नो घर फर्कने सुरसारले गाडि चढ्यौं । तर घर आउनविचमा डेढ–दुई घण्टा बाटोमा रोकिनुपर्ने बाध्यताथियो किनकिमुग्लीनमा बाटो बनाउनलागेकोले रामनगर मै गाडि रोकेर साँझको ४ नवजी छिर्न दिंदैनथ्यो । ४ वजेपछि गाडि खुलेर (आउँदा घर आइपुग्दाकरिब नौ बजि सकेछ । यसरी १ रात २ दिनको गढीमाई र सौराहकको यात्रा पुरा गरियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक