असङ्ख्य प्रेमहरु : शान्ति रिसाल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,फागुन २७।
मृत्यु होइन असफलता
न हो मृत्यु विद्रोह
यात्राको सुन्दर कर्म असफलता
जीवनको सक्रियता असफलता
सुरम्य गति असफलता
गजधम्म गजक्क धैर्य नाप असफलता
बाँच्छ सफलताअसफलताकैअस्तित्वमा गाँसिएर
हाँस्छ सफलता असफलताकै खाँबोमा ढेस्सिएर
बुझ्नुपर्ने दुवैपाटो खेलाउँदा सिक्का
झेल्नुपर्ने दुवैपक्ष फुलाउँदा चाहना
हिडेनैपर्ने धरतीकाअध्ँयारा गल्लीझलमल आकाश हेर्न
भिड्नैपर्ने मनबाट असजिला सिरेटोमा टहटह जून छाम्न
के पत्तो रामकामनमा के थिए?
के पत्तो सीताका जीवनमा के थिए?
शक्तिशाली कृष्ण कि दोपदी
शक्तिशाली हिटलर कि यहुदी
शक्तिशाली एम्बापे
शक्तिशाली मेसी
वर्तमानको भित्तामा शक्तिशाली अणुबम
शक्तिशाली सिरुपाते खुकुरी
झेल्दछन् समयको शक्तिलाई
बुझ्छन् बिब्ँल्याटो समयको गतिलाई
बाँच्छन् डेब्रोडेब्रो प्राप्तिलाई
स्वीकार्दै स्वीकार्दै असङ्ख्य प्रेमप्रसादहरु
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक