अब खाली बन्न चाहन्छु : शेखरकुमार श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,फागुन २७।
मस्तिष्क
मेरो
म शून्यबनाउन चाहन्छु
घाम नलागेको
तारा नलागेको आकाशझैँ
म
प्रकृतिबाट टाढा रहन चाहन्छु
वर्षा हुँदा संयोग
घाम लाग्दा सृष्टि
जूनलाग्दाशीतलको
महसुस नहोस् ।
धर्तीमाअवतरण भएदेखि
मेरो
मस्तिष्कमा
विषयवासको खेल दौडिरहेछ
मनले वैँस ठड्याउने रहर गरिरहेछ
चित्त जोरजाममालागिरहेछ
बुद्धि पदप्रतिष्ठाको खोज गरिरहेछ
आगो, पानी, माटो र हावाले
मभित्रबाट
बाहिर
अहम्ताखोजिरहेछ
उठेदेखि निदाउननसकेसम्म
आत्माबोकेको शरीर
असत्यलाई सत्य मानेर
मृगतृष्णामा पालिरहेछ ।
वेद, कुरान, त्रिपिटक, मेन्धुम
बाइबलमापनिअक्षरबाहेक
केही देख्दिनँ
अक्षरबाट शब्द,
वाक्य र पाठ बन्नेबाहेकका
तागत देख्दिनँ
अक्षरभित्र रहने बीजमन्त्रमा
आत्माखोज्दिनँ
खोज्छु
आकार, अर्थ र बनाइएकाभाव
जुनभावआत्मासँगपुग्दैन ।
मलाई लोभ छैन
कागजकापानामा
चाह छैन
शब्द, वाक्य र पाठ बनाउन
यी सबैलाई भौतिक
ठान्न मन लागेको छ
म यसबाट टाढा जान चाहन्छु
शून्यको आकृतिपनिनदेख्ने गरी
मेटिन र पुछिन चाहन्छु
आत्मा जस्तै शक्तिशाली
आत्मा जस्तै कमजोर
आत्मा जस्तै धनी
आत्मा जस्तै गरिब
आत्मा जस्तै ज्ञानी
आत्मा जस्तै अज्ञानी
बन्न चाहन्छु
म खाली
अब खालीबन्न चाहन्छु
भित्र र बाहिर दुवैबाट ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक