आज तिम्रो याद आउँदा : समिर अधिकारी (कविता )

आज तिम्रो याद आउँदा : समिर अधिकारी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,फागुन १३ ।

आज तिम्रो याद आउँदा नशा पीइ भुलाइदिएँ
याद आउँदा बितेका क्षण मन अन्तै डुलाइदिएँ
कल्पिएर तीम्रो यादमा मैले रुन अब छाडिदिएँ
मनका व्यथा मनमै राखी सबै खुसी बाँडिदिएँ

बिन्ती मेरो तिमीलाई यति मलाई चिन्न छोडिदेउ
अनायासै भेटभए यदिकतै मुख अन्तै मोडिदेउ
प्याला रूपी घातहरु रित्याएर बेहोसीमा म भइदिएँ
चेतना रूपी यादहरु पन्छ्याएर शून्यतामा म गइदिएँ

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।