बुढानीलकण्ठ नगरपालिकामा रोजगारको अवसर !

बुढानीलकण्ठ नगरपालिकामा  रोजगारको अवसर !

कपन अनलाइन

काठमाण्डौ ,फागुन २  ।

बुढानीलकण्ठ नगरपालिका रोजगार सेवा केन्द्रले न्युनतम रोजगारीमा संलग्न हुन चहाने वेरोजगार व्यक्तीहरुका लागी आवेदन दिने सम्बन्धमा सूचना प्रकाशन गरेको छ ।

रोजगारीको हक सम्बन्धी ऐन, २०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका,२०७५ बमोजिम आगामी आ.व. २०८०/०८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत न्युनतम रोजगारमा संलग्न हुन चाहाने बेरोजगार व्यक्तिहरुले आफु स्थायी रुपमा बसोबास गरेको वडा कार्यालयमा गई आवश्यक कागजात सहित मिति २०७९ फाल्गुन ३० गतेसम्म (कार्यालय समय भित्र) बेरोजगार फारम भर्नुहुन केन्द्रले सम्पुर्ण नगरबासीहरुमा जानकारी गराएको छ । बेरोजगार फारम वडा कार्यालयमा उपलब्ध छ ।

फारम भर्दा चाहिने आवश्यक कागजातहरु:-

१. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२. पासपोर्ट साईजको फोटो १ प्रति
३. फारममा उल्लेख भए बमोजिम निवेदक सहित परिवारका सम्पुर्ण सदस्यको विवरण
४. विवाहदर्ता वा बसाईसराई गरेको भए सो को प्रमाणपत्रको प्रतिलिपी ।

सुचना :

तपाइँको प्रतिक्रिया ।