गोकर्णेश्वर ९ मा सुत्केरी आमाहरुलाई पोषण सामाग्री वितरण तथा स्वास्थ्य परिक्षण सम्पन्न

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ३ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा  उप प्रमुख संग सुत्केरी आमा पोषिलो खाना कार्यक्रम अन्तर्गत पोषण सामग्री वितरण गरिएको छ ।  मगलबार  वडा कार्यालयमा रहेको स्वास्थ्य  केन्द्र मा उप प्रमुख संग सुत्केरी आमा पोषिलो खाना कार्यक्रम अन्तर्गत पोषण सामग्री वितरण गरिनुको साथै स्वास्थ्य शिविर समेत सचालन गरिएको वडा अध्यक्ष  राजिब थापाले जानकारी गराए ।

उक्त कार्यक्रममा नगर प्रमुख दिपक कुमार रिसाल नगर उपप्रमुख सान्नानी लामा,वडा अध्यक्ष राजिब थापा वडा सदस्यहरु उमेश चालिसे, लक्ष्मी गुरुङ श्रीकृष्ण कारंजित गमला कुमारी परियार, वडा सचिब संगिता बराल, वडाका कर्मचारी स्वास्थ्य कर्मी, महिला स्वास्थ्य स्वयंसेविकाका साथै स्थानीयको उपस्थिति रहेको थियो ।

 बिहान ७ बजे देखि संचालन भएको उक्त कार्यक्रममा  वडा कार्यलयमा नाम टिपाएका करिब २सय जना सुत्केरी तथा गर्भवती  आमाहरुलाई पोषण सामग्री वितरणगरिनुको साथै स्वास्थ्य परिक्षण समेत गरेको वडा कार्यालयले जानकारी गराएको छ ।सुत्केरीलाइ  पोशाक तत्व आवश्यक  रहेको भन्दै वडा अध्यक्ष राजिब थापाले  पोसिलो खाने कुरा खान नपाउँदा बच्चामा कुपोषण हुने हुँदा  त्यसैलाई रोक्नका लागि  सानो भए पनि सहयोगको रुपमा यो कार्यक्रम गरिएको जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।