शहिद तिमी : गंगा लिगल ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ २८ ।
शहिद तिमी हौ अमूल्य कथा देशका
साच्चै तिमी हौ स्वर्णमय गाथा देशका
हामी बिर्सने छैनौ तिम्रा अनगिन्ती गुण
सदा सम्झना आउछन् ती व्यथा देशका ।
कति खेल्यौ होली रगतको
गएन त्यसै सोली रगतको
राख्यौ नाम सदा जीवन्त पारी
स्थायीत्व रह्यो गोली रगतको ।
यो मातृभुमिमा दियौ दिब्यता
सदा नयाँ नयाँ दियौ सभ्यता
सदा फलायौ हिरा र मोतीहरु
मानवतामा दियौ बाहुल्यता ।
देश बचाउने सामर्थ दियौ
मानवतामा अनौठो परमार्थ दियौ
सक्दैन कसैले गर्न हस्तक्षेप
अग्रसरतामा त यथार्थ दियौ ।
मानव अंग अंगमा जोश भरिदियौ
सफलिभुत हुनमा होश भरिदियौ
होस्टेमा हैसे गर्ने बढायौ आकाङक्षा
पद पदमा तिम्रो नामको कोश भरिदियौ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।