गीत : रामसागर अधिकारी
कपन अनलाइन
काठमाण्डौ ,माघ २८ ।
कोट ओढी, नोट बोकी, नआऊ नेता जी
जनता ठग्यौ, अब लोप्पा, ल खाऊ नेता जी
कुराले चिउरा भिजाउने खुरापाति खेल–
धेरै खेल्यौ, अब भने खेलौला कतिन्जेल ?
संसद संविधानसँगै संघीयताको–
‘विरोधी बूढा’ रैछौ भन्ने–सबलाई पता भो
सपनामा फुको सातु नखाऊ नेता जी
घरमै ठग्छौ ? अब लोप्पा, ल खाऊ नेता जी
काम आधा नहँुदैमा उद्घाटन ग¥यौ ?
अझ अधिनायक नै, हुन मन ग¥यौ ?
भूमी चाहीं घटाउँदै, नक्सा बढायौ ?
त्यसैबाट आफ्नो घरको तला चढायौ ?
लाज सर्म भाको भा पो, लजाऊ नेता जी
नाजी बाट पाजी बन्यौ ? बताऊ नेता जी
संसारले देख्यो घोडाबाट खसेको
पिण्ड खाने बेला बक्बक् गरी बसेको
भदौमा आँखा फुटायौ र देख्छौ हरियो ?
मदनदेखि सदनसम्म के–के गरियो ?
हाम्राी नेपाल–आमालाई नसताऊ नेता जी
ठग्नु–ठग्यौ, अब लोप्पा, ल खाऊ नेता जी
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।