एसएलसीमा अनुत्र्तिन हुँदा ३ जनाले आत्महत्या गरे
काठमाडौँ, ६ असार – एसएलसी परिक्षामा असफल भएको कारण रुपन्देही, तनहुँ र धादिङमा तीन जनाले झुण्डिएर तथा बिष सेवन गरी आत्महत्या गरेका छन्।
रुपन्देही बुटवल नगरपालिका-८ बस्ने १७ बर्षीया ममता पभरले शुक्रबार साँझ एसएलसी परिक्षामा असफल भएको कारण सेल्फास नाम बिषादी सेवन गर्दा असक्त भएकोले किम्सन अस्पताल मणिग्राम लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो।
यसैगरी तनहुँ भानु-२ तिलहार बस्ने १७ बर्षीया मनिषा पाण्डे शनिबार एसएलसी परिक्षामा असफm भएको कारण आप्mनै घरको माथिल्लो तलाको बलोमा चुन्नीको पासो लगाई झुडिएर मृत्यु भएको अवस्थामा फेला परेकी छिन्।
यसैगरी धादिङ मैदी-८ देविस्थान बस्ने १७ बर्षीय सुनिल भारती शुक्रबार एसएलसी परिक्षामा असफल भएकोले सोही ठाउँको केरावारी जंगलको रुखमा डोरीको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका छन्।
तपाइँको प्रतिक्रिया ।